नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

नेपाल टेलिकमले नयाँ सेवा सुरु गर्ने
नेपाल टेलिकमले ४६ हजार लाइन एडिएसएल प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले एडिएसएल नेटवर्कमा आधारित आइपिटिभी सेवा सञ्चालन गर्ने, सहरी क्षेत्रका ५०० स्थानमा वाईफाई प्रविधिमार्फत् इन्टरनेट पुर्‍याउने र अन्तर्राष्ट्रिय गेटवे क्षमता वृद्धि गर्ने जानकारी दिनुभयो ।

साथै टेलिकमले पिएसटिएन टेलिफोनको भुक्तानी पि्रपेड कार्डमार्फत् गर्ने, तीनहजार किलोमिटर अप्टिकल फाइबर र ८०० किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने, थप १४ लाख मोबाइल वितरण गर्ने, मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा चालु आर्थिक वर्षमा चारलाख जीएसएम टेलिफोन लाइन थप गर्ने भएको छ ।

यसैगरी मोबाइल सेवाको गुणस्तर वृद्धिका लागि ट्रान्समिसन नेटवर्क मजबुत बनाउने, भिडभाड हुने क्षेत्रमा मोबाइल सेवा अवरुद्ध हुन नदिन बिटिएस माउन्टेन भेइकल सञ्चालन गर्ने र पोष्टपेड मोबाइलको बिलको महसुल रिचार्जकार्डमार्फत् भुक्तानीको व्यवस्था गरिने टेलिकमले जनाएको छ ।

यस्तै दुर्गम ग्रामीण क्षेत्रमा १५० थान भिस्याट जडान गरिने, विभिन्न राजमार्गमा नेटवर्क कभरेजका लागि ७० वटा भिस्याट जडान गरी जिएसएम र सिडिएमए सेवा सञ्चालन गर्ने पनि बताइएको छ । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले प्राविधिक सुधारसहित विभिन्न योजनागत कार्यक्रम सञ्चालन गरिएकाले अझै पनि यो संस्था पहिलो नम्बरमा पर्ने दाबी गर्नुभयो ।

Updated by Shanta on 30 August 10 at 00:51:03


तिजको नाचगानमा हिमानी
पूर्वयुवराज्ञी हिमानी शाह शनिबार काठमाडौंमा आयोजित तिज परि कार्यक्रममा सहभागी भइन् । लाजिम्पाट पर्यटन विकास बोर्डले हिन्दूनारीको महान् पर्व हरितालिका (तिज) का अवसरमा आयोजित नाचगान तथा तिज प्रतियोगितामा सामेल भएकी पूर्वयुवराज्ञीले सो दरसमेत खाइन् ।

रातो पहिरनमा सजिएकी पूर्वयुवराज्ञी कार्यक्रममा झन्डै डेढ घन्टा बसिन् । उनले कार्यक्रममा सहभागी महिलाको नृत्य निकै अभिरुचिपूर्वक हेरेकी थिइन् । कार्यक्रममा उनले समस्त नेपाली नारीलाई तिजको शुभकामना व्यक्त गरिन् । उनले नेपाली नारी हरेक चुनौतीको सामना गर्दै अघि बढून् भन्ने कामनासमेत व्यक्त गरिन् । पूर्वयुवराज्ञीले तिजलाई सांस्कृतिक पर्वका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै भनिन्, 'नारी शक्तिका केन्द्र हुन् । तिजले यही आभाष दिन्छ ।'

कार्यक्रममा तिज परि नामक प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सहभागीमध्ये प्रतिस्पर्धाका आधारमा कुसुम बज्राचार्य तिज परि घोषणा भइन् । तिज परिका विजेतालाई विभिन्न प्रश्न गरिएको थियो । उपाधि विजेता कुसुमलाई पूर्वयुवराज्ञी हिमानीले ताज पहिर्‍याएकी थिइन् । पूर्वयुवराज्ञीसँग तिजको शुभकामना व्यक्त गर्न पाउँदा सहभागी महिला निकै हषिर्त थिए । Naya Patrika

Updated by Shanta on 29 August 10 at 22:32:49


डिफेन्डिङ च्याम्पियन क्लाइजस्टर्स विश्वस्त
सेरेना विलियम्स र जस्टिन हेनिनको अनुपस्थितिमा क्लाइजस्टर्स उपाधिको प्रमुख दाबेदार वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन उपाधि रक्षा गर्नेमा डिफेन्डिङ च्याम्पियन किम क्लाइजस्टर्स आशावादी छिन् । युएस ओपनमा उनको रेकर्ड १४-० छ । अघिल्लो वर्ष सीधै प्रतियोगितामा सहभागी जनाउँदा उनले कुनै गल्ती नगरी उपाधि रक्षा गरेकी थिइन् । यसपटक पनि आफू त्रुटिरहित प्रतिस्पर्धा गर्ने उनी बताउँछिन् । सोमबारदेखि हुने प्रतियोगितामा बेल्जिमयकी खेलाडीले दोस्रो स्थान पाएकी छिन् ।

साढे दुई वर्षकी छोरी जाडा काँखी च्याप्दै अघिल्लो वर्ष अथुर्स रंगशाला युएस ओपन उपाधि जित्दा क्लाइजस्टर्सले सबै क्षेत्रबाट वाहवाही पाएकी थिइन् । लामो समयको सन्न्यास तोड्दै क्लाइजस्टर्सले गत वर्ष अथुर्स सेन्टर कोर्टमा पाइला टेक्दा उनलाई उपाधि दाबेदारीका रूपमा हेरिएको थिएन । तर, दह्रो आत्मविश्वासका साथ उनले प्रतिस्पर्धा गर्दै फाइनलमा कार्लोलिन वान्जिरिकालाई सीधा सेटमा हराउँदै दोस्रोपटक उपाधि जितिन् ।

'टेनिस एक किसिमको सन्तुलित खेल हो, यसमा तपाईंको मनोबल उच्च हुनुपर्छ,' क्लाइजस्टर्सले भनिन्, 'अथुर्स रंगशालामा मैले त्यही विश्वास यथावतै राखेँ ।' २७ वर्षीया क्लाइजस्टर्सले आफूले यसपटक निकै तयारी गरेको बताइन् । स्वयं क्लाइजस्टर्स पनि युएस ओपनको हार्डकोर्ट भाग्यशाली भएको मान्छिन् । उनले अथुर्स सेन्टर कोर्टलाई विश्वकै उत्कृष्ट हाडकार्डका रूपमा लिने गरेकी छिन् । सन् २०१० को सत्रमा उनले तीन एकल उपाधि हार्डकोर्डमै जितेकी थिइन् । यस कारणले पनि 'ब्याक टु ब्याक' युएस ओपन उपाधि रक्षा गर्न उनी आतुर भएकी हुन् ।

'अन्य कोर्टमा भन्दा मलाई यहाँ खेल्न निकै सजिलो लाग्छ,' उनले भनिन्, 'यो वर्ष मात्र होइन, जब म १४, १५, १६ वर्षकी थिएँ, त्यस वेला पनि हार्ड कोर्टमा खेल्न सहज लाग्दथ्यो ।' खेल जीवनको सुरुवात पनि क्लाइजस्टर्सले अमेरिकाकै हाडकोर्टबाट गरेकी थिइन् । 'मेरो सुरुवाती जीवन अमेरिकाबाट भयो,' उनले थपिन्, 'यहाँ भागदौड गर्न सामान्यजस्तो लाग्छ, कोर्टको प्रत्येक कुनाबाट बलमाथि राम्ररी प्रहार गर्न सक्छु ।' उत्कृष्ट र्फममा रहँदा हार्डकोर्टमा आफूलाई हराउन कसैले नसक्ने दाबी उनको छ ।

यसपटक तीनपटककी विजेता सेरेना विलियम्स र दुईपटककी विजेता जस्टिन हेनिनको अनुपस्थितिमा क्लाइजस्टर्सलाई उपाधिको प्रमुख दाबेदार खेलाडीका रूपमा हेरिएको छ । दुवै पूर्वविजेताद्वयको अनुपस्थितिमा आफूले त्यसको फाइदा उठान सक्ने दाबी उनको छ ।

'सेरेना र हेनिनले भाग लिएका छैनन्, दुवैको अनुपस्थितमा मलाई उपाधि रक्षा गर्न मौका मिलेको छ,' उनले भनिन् । सन् २००६ र ०९ को सत्रमा युएस ओपन उपाधि उचालेकी क्लाइजस्टर्सले चोटका कारण ०६ को संस्करणमा भाग लिन सकिनन् । त्यसपछि उनको विवाह भएपछि टेनिसलाई चटक्कै परित्याग गरिन् । युएस ओपनको शुक्रबार 'ड्र' निकाल्दा क्लाइजस्टर्सले क्वाटरफाइनलमा सम्भवतः साम स्टाउसविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।

साबिक उपविजेता वान्जिरिकाको सन् ०६ की विजेता मारिया सारापोभासित अन्तिम आठमा भिडन्त हुने देखिन्छ । यता भेनस विलियम्सले सन् ०८ की फाइनलिस्ट जेलिना जान्कोभिकलाई क्वाटरफाइनलमा भेट्टाउने छिन् ।

यसैबीच पुरुषतर्फको 'ड्र' अनुसार पाँचपटकका विजेता रोजर फेडररले क्वाटरफाइलनमा दुईपटकका प|mेन्च ओपन विजेता रोविन सोडर्लिङलाई भेट्टाउने प्रबल सम्भावना छ । यसै सत्रमा सम्पन्न प|mेन्च ओपनको क्वाटरफाइनलमा फेडरर रोबिनसँग पराजित भएका थिए । उत्कृष्ट र्फममा रहेका एक नम्बर खेलाडी राफल नाडालले क्वाटरफाइनलमा दुईपटकका फाइनलिस्ट एन्डी मुर्रेविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । Naya Patrika

Updated by Shanta on 29 August 10 at 02:38:37


अफ्गानिस्तानको खोस्ट प्रान्तस्थित अमेरिकी सैनिक अखडामा तालिवानको आक्रमण, प्रतिकारमा २१ तालिवानीको मृत्यु
पूर्वी अफ्गानिस्तानको खोस्ट प्रान्तमा अमेरिकी सेनाको २ वटा अखडामा तालिवानी विद्रोहीले गरेको आक्रणपछि भएको दोहोरो भीडन्तमा कम्तिमा २१ जना तालिवान लडाकू मारिएका छन्। तालिवानी आक्रमणमा परी दर्जनौ अमेरिकी लगायत नेटो सैनिक पनि घाइते भएका छन्।

तालिवानी विद्रोहीले आज विहानै अमेरिकी सेनाको अखडामा रकेट लन्चरबाट गोलाबारी गरेका थिए। पाकिस्तानको सीमा नजिकै पर्ने सो सैनिक अखाडामा भिडन्त जारी रहेको बताइएको छ।

Updated by Shanta on 28 August 10 at 23:14:12


'कोही मेरो' को प्रदर्शन शुरु
निर्देशक आलोक नेमवाङले आफ्नो फिल्म 'कोही मेरो' ड्रामा र कोलाहलबाट मुक्त रहेको बताएका छन्। 'अहिलेका नेपाली फिल्ममा जस्तो एक्सन र लाउडनेस यो फिल्ममा छैन, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। फिल्मलाई सरल र रमाइलो बनाउने प्रयास गरेको उनले जानकारी दिए।

शुक्रबारदेखि देशभर रिलिज हुने 'कोही मेरो'को पत्रकार सम्मेलनमा हिरो आर्यन सिग्देलले निकै आशा गरेको फिल्मको रुपमा यसको चर्चा गरे। 'फिल्म युनिटका सबै हसिला थिए। त्यो फ्रेसनेस फिल्ममा पनि देखिनेछ,' उनले भने,'यो फिल्म रिलिज हुनै लाग्दा उमंग, उत्साह र डर तीनै थोक उब्जिएको छ।'



६ वर्षपछि अभिनय गर्नुपर्दा धेरै नर्भस भएको सुनाइन् हिरोइन झरना बज्राचार्यले। उनले यो फिल्मको सुटिङमा पहिलो फिल्म खेल्दा जस्तो अनुभव गरेको उल्लेख गरिन्। 'यो फिल्मको चर्चासँगै अफर बढ्न थालेको छ। तर, म छानेर मात्र फिल्म खेल्ने पक्षमा छु' उनले भनिन्।

मुभिज डटकमको प्रस्तुतिमा निर्मण भएको यो फिल्ममा संचिता लुइँटेल र सुभास थापाको समेत अभिनय रहेको हो। यसमा प्रविण अधिकारीको स्क्रिप्ट र राजु थापाको छायांकन रहेको छ।

Updated by Bhumiraj on 27 August 10 at 05:41:16


Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]