नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

आठ यौनजोडी पक्राउ  
भैरहवाका विभिन्न होटेलबाट प्रहरीले आठ यौनजोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश युवती विद्यार्थी हुन् । त्यस्तै भैरहवाको प्रतिष्ठित निजी कलेजमा अध्यापन गराउने शिक्षकसमेत विद्यार्थीसँग यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीले सबै जोडीलाई यौनक्रीडामा लिप्त अवस्थामा पक्राउ गरेको हो । साल्टट्रेडिङ कार्यालय क्षेत्रका दुई होटलबाट उनीहरू पक्राउ परेका हुन् । सर्वसाधारणको गुनासो र मौखिक उजुरीका आधारमा शनिबार होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई रातभर जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखी आइतबार अभिभावकको जिम्मा लगाइएको थियो । 'सबैलाई सम्झाई-बुझाई अभिभावकको जिम्मा लगाएका छौँ,' रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले भने । उनका अनुसार रुपन्देहीमा विभिन्न स्थानबाट यौनजोडी बनेर आएकाहरू पक्राउ परेका हुन् ।

Updated by Bhumiraj on 29 June 10 at 08:35:22


मिजासको 'अर्थ अवतरण' एउटा नयाँ विचारको अवतरण हो - काङमाङ नरेश
ढुङ्गेसाँघु ताप्लेजुङ्गबाट २०५४ सालतिर उभार मासिक साहित्यिक पत्रिकाको सम्पादन गरी नेपाली साहित्य र पत्रकारीतामा सार्वजनिक भएको नाम हो मिजास तेम्बे ।

उनले २०५५-२०५६ सालमा ईटहरीबाट उत्साह त्रैमासीक पत्रिकाको सम्पादन गरे । त्यो बेला देखी नै मिजासले खाली ठाउँहरु खोजीरहे । खाली ठाउँ खोजी रहँदा रहँदै २०५६ सालमा पहिचानवादसंगै पहिचान त्रैमासीक पत्रिकाको जन्म गरिदिए उनले । पहिचान त्रैमासिक पहिचानवादको मुख पत्र थियो । उनि थिए प्रधान सम्पादक ।

स्रष्टा आफुले आफैलाई चिनौँ भन्ने आग्रह र जीकिर थियो पहिचानवादको । जब आफैले आफैलाई चिन्न सकिन्छ, अनिमात्र एउटा स्रष्टाले एउटा स्पष्ट विचारको विकाश गर्न सक्छ, त्यस पछि मात्र एउटा स्रष्टाले राम्रो सृजना जन्माउन सक्छ, भन्ने बुझाई थियो मिजासको । यसरी उनले साहित्यको क्षेत्रमा केहि नयाँ विचारहरुको प्रयोग गर्दै आईरहेका छन् ।

'प्यास नजरको' गजल संग्रह, 'सीमाहीन विम्बहरु' संयुत्त कविता संग्रह सम्पादन, गीती एल्बम 'उदगार', 'ग्रीनवीचका प्रतिध्वनिहरु' संयुत्त कविता संग्रह सम्पादन गरी, 'अर्थ अवतरण' कविता संग्रहसम्म आई पुगेका छन् उनि ।

कविता संग्रह अर्थ अवतरण नयाँ विचारलाई बोकेर त्यो विचारलाई अवतरण गराउन हामी माझ आईपुगेको छ । कसरी अर्थहरुलाई अवतरण गराउन खोजेका छन् त उनले ? कवितांश हेरौं……,

मान्छेले समयलाई हाँकिरहेछ
या
समयले मान्छलेलाईहरु घिस्याइरहेछ
मलाई सोच्न देऊ
मलाई विचार गर्न देऊ
म यी तमाम चिन्तनहरुमाथि
- चिन्तन गरिरहेछु एकछिन पर्ख
मलाई खाली ठाउँहरुबाट बोल्न देऊ
मलाई खाली कोणहरुबाट हेर्न देऊ
मलाई खाली जग्गाहरुमा पाइला राख्न देऊ
म सत्यको अन्वेषणमा निस्किएको छु
म पागलजस्तो
न त पूरै पागल
सद्दे मान्छेजस्तो पनी
न त पूर्ण सद्दे मानिस
अलिकति नमिलेको
अलिकति नपाकेको
सधैं अल्पज्ञान
सधैं अर्ध
सधैं अपुरो
ठ्याक्कै यो समयजस्तै
र यो समयको मान्छेजस्तै म ।
(समय मान्छे र म)

मान्छेले हरेक क्षेत्रमा संघर्षको बाटोबाट चेतना प्राप्त गर्दछ । त्यहि चेतनाले मान्छेलाई पक्का मान्छे बनाउँछ । साहित्यको क्षेत्रमा संघर्षको बाटोबाटै कवि मिजास तेम्बे यतिवेला अर्थ अवतरण सम्म आई पुगेका हुन् । उनका सृजनाहरुलाई हामीले राम्ररी पढ्नु पर्ने र जीवन र जगतलाई टाढावाट नहेरेर नजिकवाट हेर्नु पर्छ । खाली ठाउँहरुवाट बोल्नु पर्छ । यो मानव जीवनको हरेक क्षेत्रमा प्रयोग हुन्छ । शब्दका रसायनहरुलाई बुझेर शब्दको बहुआयामिकता अथवा शक्तिलाई चिन्न सक्यो भने मात्र अभिप्रायहरुको जागरण हुन सक्दछ । लेखनका क्षेत्रमा यस्ता खाले चिन्तनहरु माथि चिन्तन गर्नु पर्ने बेला छ ।



भिड्हरुमा पाइला राख्नको लागि खाली ठाउँ चाहिन्छ, भिड्हरुमा भिड्थपिनको लागि पनि खाली ठाउँमै टेक्नु पर्दछ । खाली ठाउँ उस्को धरातल हो । त्यहि धरातलमा उस्ले शत्तिशाली सृजनाहरु गर्न सक्दछ । जुन स्रष्टाले कुनै पनि बस्तुलाई नबिनतम चेतनाले बुझ्दछ र त्यसलाई सृजनामा अभिब्यक्त गर्दछ भने उसको सृजनामा पाठकहरुले नयाँपनको आभाष पाउछन्, र यस्ता चेतनावादीय स्रष्टा र सृजनाले नै समयलाई हाक्न सक्दछ । तर जुन स्रष्टा र सृजनामा नविन सोंच र दृष्टिकोण छैन भने उस्लाई समयले घिस्याईरहेको हुन्छ । साहित्यमा मिजासले यीनै कुराहरुको प्रयोग गर्नचाहेका छन्,

मान्छे
सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ
सधैँ अनिर्णित बोलिरहन्छ/खोलिरहन्छ
सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ
सधैँ बेठेगान हिँडिरहन्छ/दौडिरहन्छ
समय ब्रह्मा
छमछम नाचिरहन्छ
मात्र भ्रम बाँचिरहन्छ
सबै अनियन्त्रित फेरि नियन्त्रितजस्तो पनि
सबै अस्तव्यस्त फेरि व्यवस्थितजस्तो पनि
सबै भद्रगोल फेरि संगोलजस्तो पनि
आजको मान्छे अनेकन धर्महरुले किचिएको छ
विविध दर्शनहरुले थिचिएको छ
राजनैतिक साँध-सीमाहरुले मिचिएको छ
यान्त्रिक चटकहरुले खिचिएको छ ।
(समय मान्छे र म)

प्रत्यक्ष वा अप्रत्यक्ष मान्छेलाई विचारले र दर्शनले घुमाईरहेको हुन्छ, थिचिरहेको हुन्छ । धर्म, राजनिति, साहित्य र विज्ञानको वरीपरि मान्छे हिडिरहेका हुन्छन् । यी चीजहरुलाई जस्ले नौलोचेतनाले हेर्दछ, पढ्दछ अनि बुझ्दछ भने उ हरेक क्षेत्रमा शसक्त हुन सक्तछ । जस्ले कुनै पनि विचारलाई बुझ्न सक्दैन तर त्यस्लाई स्वीकार्न वाध्य हुन्छन् भने त्यस्तो स्रष्टाको सृजना दोधारमा वित्ने गर्दछ र अन्धा धुन्धमा अलमल गरीरहन्छ । उस्ले अस्पस्टताको साहित्यिक यात्रा गर्दछ र फेरी गरीरहन्छ । उ जुनै पनि विचारको भ्रममा पर्दछ । त्यसैले हरेक क्षेत्रलाई राम्ररी बुझ्नको लागि सधैं नौलो दृष्टिकोणको आवश्यकता पर्दछ । अस्पष्ट विचार, अस्पष्ट लेखले पाठकहरु र सर्बसाधारणलाई भ्रममा पार्दछ, अपुर्ण वनाउँदछ । कुनै पनि बस्तु वा घटनालाई हल्का रुपले हेर्नु हुदैन । त्यसलाई वहुआयामीक चेतनाले हेर्नु पर्दछ । मिजासका कविताहरु यस्तै वैचारिक उत्थानहरुको नव पिरामिड हो ।

चेप्टिएर मान्छे
माईक्रोचिप्समा अटाएको छ
डेटा बेस भित्र
विचार देखी बिचारसम्म
ईतिहास समयको
ताराहरु ब्लेकहोलहरुमा
होसियार !
संङ्कुचन व्रह्माण्डको
संस्कार- संस्कार- संस्कार
गणितीय सभ्यता
विनिर्मित परम्परा
संशोधित धर्महरु
यी मिश्रित दर्शनहरु
झन् झन् - झन् झन्
कम्प्लेक्सीटी जीवनको
यो ग्लोबलाइजेसनको कुरा ।
( विचार देखि विचार सम्म)

जो कोहि मान्छेले आफ्नो पहिचान बनाउन चाहन्छ । आफ्ना संस्कार, संस्कृति, भाषा, धर्म र रितिरिवाजहरुको जगेर्ना गर्न चाहन्छ । एकातिर मान्छेहरु यी कुराहरुको जगेर्ना गरिरहेका छन् । तर यसै माथि अनेकौ धर्म, दर्शन, विज्ञान र विचारले थिचिएर अल्प जातीहरु लोपोन्मुख अवस्थामा छन् । विज्ञानले संसारलाई सानो डेटा बेस भित्र अटाउन सक्ने बनाई सकेको छ । अर्को तिर सिगो ब्रमाहण्डका ताराहरु ब्लेकहोलहरुमा हराई रहेका छन । दिनानु दिन पृथ्वीको आयु घटिरहेको अवस्था पनि छ । तर विज्ञानको सहयोग विना संसारका मान्छेहरु बाँच्न नसक्ने भैसकेका छन् । अब यस्लाई गम्भिर भएर सोच्नु पर्ने भैसके; एकातिर विज्ञान, अर्को तिर धर्म । एकातिर ग्लोबलाइजेसन, अर्कोतिर संस्कार, संस्कृतिकॊ जगेर्ना । यस्ता मिश्रीत कुराहरुले, मिश्रीत दर्शनहरुले, विर्निमित परम्पराहरुले, आजको मान्छेलाई कम्प्लेक्सिटीको जीवन विताउन बाध्य वनाएका छन् । त्यसैले यस्ता धेरै कम्प्लेस कुराहरुलाई आजको स्रष्टाहरुले नजिकबाट बुझ्न अति आवश्यक भएको कुरा मिजासका कविताहरुले बोलीरहेका छन् । यी सन्तानहरु
कहिल्यै मिलेर बस्न सकेनन्
कहिले रोटीमा झगडा गर्छन
कहिले भेटीमा लुछाचुंडी गर्छन्
आफै नियम बनाउँछन्
आफै बिर्गाछन्
अंश बण्डा मागीरहेका छन् अहिले
यो पिरोलो घरको पनि
कहिल्यै बिसेक नहुने भयो
इतिहास देखि नै यहाँ
किसिम- किसिम हुँदै आएको छ
यसखेप
कानले केके सुने पनि
आखाँले थरी थरी देखे पनि
अखबारमा बाङ्गोटिङ्गो पढे पनि
टि.भि.मा नौटङ्कि हेरे पनि
मेरो मनको देवता मान्दैन
यहाँनेर तुस छ है तुस ……।
(गन्थन सुभाज्यूसँग)

सिगो देशको पोट्रेट उतार्न सफल भएको यो उहाँको एउटा बैशालु कविता हो । भुपरिवेष्टित हाम्रो देश नेपाल आफै रोगी झन त्यस माथी भ्रष्टचारले हुईपाल बनाएको छ । अन्य देशका दात्री संघ संस्थालाई रिझाएर पाएका केहि सहयोगमा पनि देशका शासकहरु हड्ढिमा कुकुरहरु जुधे झै जुध्दछन् । फेरि नेपाली जनता हामी पनि यस्तै नेताहरुलाई पटक पटक निर्वाचनमा जिताएर सिहदरबार पठाईरहेका छौ । हामीले कुरोको चुरो कहाँनेर बुझिरहेका छैनौ मिजासका कविताहरुले भनिरहेकै छन नी 'यहाँ नेर तुस छ है तुस' ……। मिजासको यस्तै अर्को कवितालाई पढौ ...
सुर्केनी खुस्किरहेछ
सुरुवाल फुस्किरहेछ
म निरन्तर
लाज छोप्ने यत्नमा छु
थुईया गतिछाडा ईजार ।
(इँजार र स्वाभिमान)

इँजारलाई देशका शासकहरु सम्झे हुँदोरहेछ । इँजार खुस्केर झरि सक्दा पनि लाज लाग्दैन देशका शासकहरुलाई । नैतिकता कहाँ छ ? कता हरायो ? नैतिकवान नेताले त्यो ठाउँलाई छोड्छ अथवा छोड्नु पर्छ । शाशकहरुले पाए भने २ मिनेट भए पनि जनता माथि शाशन गर्न छाड्दैनन् । यो नै फुस्किएको इँजार र नेताको पहिचान हो ।
'निसाम् ! तिम्रो छात्ती पो विशाल' यो एउटा उनको युद्ध कवितालई हेरौ ।

निसाम् !
युद्धभुमिबाटै यो पत्र तिमीलाई
बाँचेरै आउँछु लागेकै छ
तर
सानी छोरीलाई भन्नू
बाबा चाडै आउँदैछनू भनेर
मैले त अगाध माया पो गर्दोरहेछु
लड्ने सिपाही भएँ
म भित्र तिमी र म भित्र छोरी
मार्छु होला संग संगै
एउटा सिपाहीको पत्नी
तिम्रो हृदय पो बिशाल
तिम्रो छाती पो विशाल ।
(निसाम् ! तिम्रो छाती पो विशाल)

एउटा लडाईमा गएको सिपाहीको मन कस्तो हुन्छ? दुस्मनसंग पनि लड्नु छ, सकेसम्म जित्नु छ, हारे पनि ज्यान जोगाउँनु छ, त्यसै वेला घर परिवारलाई पनि सम्झनु छ, पाल्नु छ टाल्नु छ । यो हृदय विदारक सिपाहीको जिन्दगीले भोगीरहने वास्तविक कथाहरु हुन् । यो त हरेक सिपाहीहरुले जीवनमा भोग्छन् नै तर विश्वका ६० भन्दा धेरै देशहरुमा युद्ध लडेका गोर्खालीहरुको पहिचान कहाँ छ ? ठाउँ कहाँ छ ? किन गोर्खालीहरुको देश भन्न चाहँदैनन् देशका शासकहरुले ? आजलाई यति लेख्न परेमा फेरी कलम समाउनेनै छु, नविनतम कविता कृति 'अर्थ अवतरण'ले सबै पाठक सामु पुग्ने अवसर पाओस लाख, लाख शुभकामना र बधाई!

Updated by Bhumiraj on 28 June 10 at 13:52:03


मेक्सिकोको वृत्तचित्र उत्कृष्ट
राजधानीमा सम्पन्न चौथो अन्तरार्ष्ट्रिय फिल्म महोत्सवमा मेक्सिकोको वृत्तचित्र 'एन्ड द रिभर फ्लोज अन' उत्कृष्ट भयो । जितसँगै उसले गोल्डेन ड्रम हात पार्‍यो । कार्लोज पेरेज रोजासले निर्देशन गरेको यो वृत्तचित्रमा मेक्सिकोका आदिवासीले गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षले गरेको दमनलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा भएको यो महोत्सवमा भारतको वृत्तचित्र 'नागा स्टोरी : द अदर साइड अफ साइलेन्स' दोस्रो भई सिल्भर ड्रम र भारतीय चलचित्र 'यारुङ -रुट' ले ब्रोन्ज ड्रम हात पार्यो । गोपाल मेननले निर्देशन गरेको वृत्तचित्र 'नागा स्टोरी : द अदर साइड अफ साइलेन्स' पूर्वी भारतको आदिवासी समुदाय नागाले आफ्नो अधिकारका लागि राज्यसँग गरेको संर्घषमा आधारित छ । त्यसैगरी जोसेफ पुलिंथानाथले निर्देशन गरेको चलचित्र 'यारुङ -रुट' राज्यले एक बाँध निर्माण गर्दा एउटा आदिवासी गाउँ नै डुबेर त्यो गाउँको अस्तित्व हराएको पीडामा आधारित छ ।

दर्शकको सबैभन्दा बढी मत ल्याएर 'क्रिटिक्स अवार्ड' भने अरुण प्रधानद्वारा निर्देशित चलचित्र 'फुङवाङ'ले पायो । यो चलचित्र लिम्बू संस्कृतिमा आधारित छ । महोत्सवमा नेपालका राई, लिम्बू, मगर, तामाङ, नेवार, गुरुङ, सुनुवार, धिमाल, सौका र बान्तावा राई मातृभाषाका १४ चलचित्र र भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, अर्जेन्टिना, स्विडेन, नर्वे र कम्बोडियाका १९ आदिवासी चलचित्र, लघुचलचित्र र वृत्तचित्र सहभागी थिए ।

Updated by Shanta on 28 June 10 at 01:49:26


‘व्याकुल माइला’लाई आजीवन तलब दिने तयारी
राष्ट्र गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई आजीवन मासिक तलब दिने तयारी भइरहेको छ।

संस्कृति मन्त्रालयले उनलाई मासिक २५ हजार तलब दिने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी भइरहेको संस्कृतिमन्त्री मिनेन्द्र रिजालले बताएका छन्।

देशमा लोकतन्त्र स्थापनापछि रचना गरिएको ‘सयौं थुंगा फूलका हामी’ पछि माइला चर्चामा आएका थिए।

लोकतन्त्रपछि सरकारले पुरानो राष्ट्र गान परिवर्तन गरी नयाँ तथा सर्वमान्य राष्ट्र गान तयार गर्न देशव्यापी प्रतियोगिता गरेको थियो। प्रतियोगिताबाट छानिएका माइलाको गीतलाई राष्ट्र गानको रूपमा वरिष्ठ संगीतकार अम्बर गुरूङले धुन सृजना गरेका थिए।

यसअघि, सरकारले रचनाकार माइला र संगीतकार गुरूङलाई कदरस्वरूप पाँच/पाँच लाख रुपैयाँ प्रदान गरिसकेको छ।

राष्ट्र गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

Updated by Bhumiraj on 27 June 10 at 10:46:53


अमेरिकामा नेपाल महोत्सव
नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा क्यालिफोर्निया क्षेत्रमा सक्रिय नेपाली संस्थाहरुको आयोजनामा आगामी जुलाई २४ र २५ तारिखका दिन सानफ्रान्सिस्कोमा नेपाल महोत्सव २०१० को आयोजना हुदैछ ।

महोत्सव मनोराजनको स्रोत हो तर यो आनन्दका लागि मात्र आयोजना हुन लागिरहेको छैन । मेलामा व्यापार पनि हुने गर्छ तर यो महोत्सवमा किनबेच मात्र हुने छैन । उत्सवमा नागरिकहरुको उपस्थिति हुने गर्छ तर यस मेलामा भावना शून्य मानवको भीड मात्र जम्मा हुने छैन । यस महोत्सवमा आनन्द व्यापार र नेपालीत्व पहिचान तथा उत्थानको परम उद्देश्य पनि समाहित छ । यस महोत्सवमा सहभागी हुन आउने हरेक नेपालीले आफु नेपाली भएकोमा गर्व गर्नेछ र गौरवान्वित हुने सभ्यतालाई संस्कारका रुपमा आत्मसात् गर्ने अवसर पनि पाउने छ ।

महोत्सवका सहभागी तथा अतिथिहरुका लागि मनोराजनका विविध प्रकार तयार पारिने छन् । स्थानीय अमेरिकी तथा नेपालीहरुबीच मित्रताको विकास नेपाल चिनाउने विशेषता तथा क्षमताका बारेमा ज्ञान खाना र संस्कृतिको परिकारसम्बन्धी जानकारी महोत्सवको उद्देश्य रहने छ ।

क्यालिफोर्नियाको गृष्म ऋतुलाई मनोराजनपूर्ण मध्यान्तरका साथ मनाउन आयोजित यो महोत्सव ओकल्याण्डको ल्यानी कलेजमा आयोजना हुनेछ । शहरको मध्यभागबाट सजिलै हिडेर पुगिने र बाहिरी भागबाट आउने व्यक्तिहरुका लागि पनि बार्टलगायत १० भन्दा बढी बस लाइनको सेवा उपलब्ध हुने भएका कारण महोत्सव स्थल सबैका लागि पायक पर्ने विश्वास हामी आयोजकहरुको रहेको छ ।

महोत्सवको प्रमुख रोमाञ्चक पक्षका रुपमा गीत संगीत र नृत्यका जीवन्त तथा कलात्मक आकर्षण समाहित हुनेछन् । स्लाइड तथा भिडियो प्रदर्शनी नेपाली तथा अन्तर्राष्ट्रिय खाद्य परिकार बालबालिकाका लागि विशेष कार्यक्रम र व्यापार मेलामा पनि सहभागी हुन सकिने छ । विशेष योग्यता र क्षमता देखाउने सहभागीहरुलाई राफल पुरस्कार ट्रफी तक्मा र प्रमाणपत्रहरुको पनि व्यवस्था रहेको छ महोत्सवलाई साँच्चिकै उत्सव बनाउन र सामाजिक एवं मानवीय पक्ष उद्घाटन गर्न नेपालमा लाइन आई हस्पिटल तथा बालगृह साचालन गरिएको थियो भने अमेरिकाको क्यालिफोर्नियामा भोका व्यक्तिका लागि करी विउदाउट वरी नामको कार्यक्रमअन्तरगत निःशुल्क भोजन वितरण र युवा नेतृत्व विकासको कार्यक्रमको आयोजना गरिएको थियो । ती कार्यक्रममा योगदान पुर् याउने र उत्कृष्ट प्रतिभा देखाउने व्यक्तिहरुलाई महोत्सवमा सम्मान गर्ने पनि कार्यक्रम रहेको छ ।

यस ऐतिहासिक नेपाल महोत्सवमा सहभागी हुन नेपालीत्व प्रदर्शन गर्न र त्यसको आनन्द उठाउन हामी सम्पूर्ण नेपाली तथा नेपाली भाषी दिदी-बहिनी तथा दाजु-भाइमा सादर आमन्त्रण गरिएको छ। खासगरी नेपाल र नेपालीपनको पहिचानका लागि बालबालिकाका लागि विशेष अवसर हुने भएकाले उनीहरुलाई नछुटाउन हार्दिक अनुरोध गरिएको छ।

Updated by Shanta on 25 June 10 at 22:36:50


Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]