नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

नेपालभित्रै पसेर एसएसबीद्वारा गोली हानी नेपालीको हत्या
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्स्पेक्टरले नेपालभित्र छिरेर नेपाली सर्वसाधारणलाई गोली हानी हत्या गरेका छन् । एसएसबीको गोली प्रहारबाट स्थानीय वासुदेव साहको मृत्यु भएपछि मोरङको अमाहिवरियाती गाउँ शोकमा डुबेको छ ।

मंगलबार राति पौने ९ बजे इन्स्पेक्टर हितेन्द्र सिंह र कन्स्टेबल मदन सोडार नेपाली भूमिमा प्रवेश गरेर नेपाल प्रहरीका हवल्दार शम्भु चौधरीसँग झगडा गरेका थिए । झगडा छुट्याउन स्थानीय सर्वसाधारण जम्मा भएका थिए । तर, उन्मादी भारतीय इन्स्पेक्टरले गोली हान्दा साहको मृत्यु भएको हो । 'झगडा मिलाउन गएका सर्वसाधारणलाई गोली हानेर मारे,' स्थानीय रामदेव मुखियाले भने ।

सीमापारि भारतीय गाउँ गरैया लैलोखर बस्ने भारतीय नागरिक हरिचन्द्र साहलाई लेखेट्दै भारतीय सुरक्षाकर्मी नेपाल पसेका थिए । साहले साइकलमा एक टिन तेल ल्याउँदा घुस नदिएको भन्दै सुरक्षाकर्मीले उनलाई लखेटेको थियो । तर, भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल छिरेपछि नेपाली प्रहरीले रोकेका थिए ।

यही विषयमा दुई देशका प्रहरीबीच विवाद भएपछि सर्वसाधारण जम्मा भएका थिए । 'गरैया क्याम्पबाट आएका भारतीय सुरक्षाकर्मीले नेपालको सीमादेखि दुई सय मिटरभित्र आएर गोली हानेर भागे,' स्थानीयवासी सूर्यनारायण साहले भने । गोली लागी घाइते भएका साहलाई राति नै कोसी अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक साहका श्रीमती, तीन छोरा र चार छोरी छन् । शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ ।

भारतीय प्रहरीले गोली प्रहार गरी साहलाई घाइते बनाएपछि नेपाल प्रहरीले पनि दुई राउन्ड गोली चलाएको थियो । बुधबार दिनभर अमाहिवरियातीको खयरवोना गाउँमा नेपाल-भारत दुवैतर्फका बासिन्दा थप घटना हुने हो कि भनेर सन्त्रस्त थिए । नेपाली भूमिमा हतियारसहित किन आएको भनेर नेपाल प्रहरीले भारतीय प्रहरीलाई रोक्न खोजेका थिए । 'हामीलाई त उल्टै हेपेर तथानाम गाली गर्न थाले, उनीहरू ममाथि जाइलागे,' नेपाल प्रहरीका हवल्दार शम्भु चौधरीले भने ।

विवाद भएपछि भारतीय सुरक्षाकर्मीले नेपाली हवल्दारलाई समातेर भारततिर लग्न खोजेका थिए । 'गाउँलेले प्रतिकार गरेपछि गोली हानेर भागे,' चौधरीले भने । भारतको अररिया जिल्ला गरैयामा रहेको एसएसबीको २४ नम्बर बटालियनका जवान नेपाली भूमिमा पटक-पटक पसेर आतंक मच्चाउने गरेको प्रहरी तथा सर्वसाधारणले बताए । 'यो पहिलोपटक होइन, दैनिकजसो आएर हैरान गर्छन्,' स्थानीय राजेश कामतले भने ।

भारतीय एसएसबीको ज्यादती सहन नसक्ने भन्दै स्थानीयवासीले सरकारसँग सुरक्षा मागेका छन् । 'त्यसका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिने तयारी गरिरहेका छौँ,' कामतले भने । स्थानीयवासीले पटक-पटक नेपाली भूमिमा प्रवेश गरी युवाहरूमाथि कुटपिट गर्ने र हतियारसहित निर्वाध रूपमा घुमफिर गर्ने गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

बुधबार मोरङका प्रहरी उपरीक्षक दीपककुमार थापा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका उपरीक्षक कृष्ण थापाले घटनास्थलको अवलोकन गरेका छन् । उनीहरूले भारतीय सीमा सुरक्षा बल २४औँ बटालियन वथनाहाका कमान्डेड एके सिंह र सहकमान्डेड बिआर चौहानलाई भेटेर घटनाबारे जानकारी गराएका छन् । तर, एसएसबीले भने आफ्ना सुरक्षाकर्मीलाई नेपाल प्रहरीले तानेर जबर्जस्ती नेपाल ल्याएको र आत्मरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएको छ । 'उनीहरूले आफ्ना अधिकृतलाई सीमा क्षेत्रबाट तानेर नेपाली भूमिमा ल्याएको र आत्मरक्षाका लागि गोली चलाउँदा साहको मृत्यु भएको दाबी गरेको छ,' भारतीय पक्षलाई भेटेपछि प्रहरी उपरीक्षक दीपककुमार थापाले भने ।

साहको हत्यापछि आक्रोशित स्थानीयवासीबाट हुन सक्ने अपि्रय घटना रोक्न खैरवानामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मानवअधिकारवादी संघसंस्थाहरूले स्थलगत निरीक्षण गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर नेपाली नागरिकको हत्या गरेको घटनाको दल र विभिन्न संघसंगठनहरूले भत्र्सना गरेका छन् । नेपाली भूमिमा आएर नेपालीकोे हत्या गरिनु भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको पराकाष्ठा भएको एकीकृत नेकपा माओवादीले जनाएको छ ।

माओवादी मोरङका इन्चार्ज शिवकुमार मण्डलले विज्ञप्ति जारी गरी यो घटना राष्ट्रियतामाथि गम्भीर प्रहार भएको बताएका छन् । उनले मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्न, दोषीलाई कडा कारबाही गर्न र नेपाली नागरिकको सुरक्षाको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् ।

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, एड्भोकेसी फोरम, सामाजिक न्यायका लागि एकीकृत अभियान, मानवअधिकारका लागि स्रोत विकास मञ्च, सिविन र नेपाल पत्रकार महासंघले हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Updated by Shanta on 27 May 10 at 06:55:31


चौकीमा कुटीकुटी मारिए दलित
पक्राउ गरिएका एक दलितको प्रहरीको निर्घात कुटाइबाट ज्यान गएको छ । ललितपुरको गोदाबरीमा स्थायी घर भई पाटनमा बसोबास गर्दै आएका ४६ वषर्ीय सानु सुनारलाई कालिमाटी प्रहरीले हिरासतमै मरणासन्न हुने गरी कुटेको हो । प्रहरीले भने कुटपिट नगरेको दाबी गरेको छ ।

आइतबार दिउँसो प्रहरीले सुनारलाई कालिमाटी चोकबाट पक्राउ गरेको थियो । सुनारसँगै तास खेलेका एक व्यक्तिले लुटेरा भनी लगाएको झूटो आरोपका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मृतकका परिवारको दाबी छ । हिरासतमै मरणासन्न हुनेगरी कुटेपछि प्रहरीले आइतबार राति नै सुनारलाई उपचारका लागि वीर अस्पताल ल्याएको थियो ।

प्रहरीको कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका सुनारलाई मंगलबार साँझ डाक्टरहरूले मृत घोषित गरेका हुन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कुटाइबाट सुनारको टाउकोमा रगत जमेको थियो । उनको शरीरभरि निलडाम नै निलडाम देखिन्छ ।

सुनारकी पत्नी गीताका अनुसार आइतबार बिहान उनले साथीहरूसित तास खेलेर २५ हजार जितेका थिए । तास खेलेर टयाक्सीमा घर फर्किने क्रममा उनीसँगै टयाक्सीमा रहेका साथीले कालिमाटी चोकमा आफूलाई लुटेको भन्दै सुनारलाई पक्राउ गर्न लगाएका थिए । उनलाई पक्राउ गराउने व्यक्ति नै तासमा हारेको मान्छे भएको गीताको दाबी छ । सुनारलाई पक्राउ गरेपछि प्रहरीले गीतालाई फोन गरेर बोलाएको थियो । आइतबार दिउँसो साढे १ बजे कालिमाटी चौकीमा पुग्दा प्रहरीले श्रीमान्लाई 'तँलाई लुटेरा !' भन्दै लात्तैलात्ताले कुटिरहेको उनले बताइन् ।

'प्रहरीले मेरै आँखाअगाडि लुटेरा भन्दै बुट कुटिरहेका थिए,' गीताले भनिन् । श्रीमान्लाई नकुट्न आग्रह गर्दा प्रहरीले उल्टै प्रहरीले आफूलाई अपशब्द प्रयोग गर्दै गाली गरेको उनले बताइन् । प्रहरीले उनलाई केहीबेर श्रीमान्सित भेट्न दिएको थियो । श्रीमान्लाई भेटेर उनी घर फर्किइन् । तर, प्रहरीले श्रीमान्लाई फेरि कुट्ने चिन्ताले उनी फेरि चौकीमा गइन् । तर, त्यतिखेर प्रहरीले उनलाई दुव्र्यवहार मात्रै गरेन, मोबाइलसमेत लुटेर लगेको गीताले बताइन् ।

आइतबार राति करिब १२ बजेतिर सुनारलाई अस्पताल ल्याइएको जानकारी प्रहरीले गीतालाई दिएको थियो । 'मेरो मोबाइल त प्रहरीले नै राखेको थियो । म बस्ने घरमै बस्ने दिदीको मोबाइलमा फोन गरेर वीर अस्पताल ल्याइएको जानकारी प्रहरीले दियो,' उनले भनिन् । अस्पताल पुग्दा श्रीमान्को अवस्था चिन्ताजनक थियो । 'दिउँसो खाजा खुवाएर सकुसल छाडेका श्रीमान् राति अस्पतालमा टाउको तथा जीउभरि चोट लागेर बल्लबल्ल श्वास फेर्ने अवस्थामा थिए,' गीताले भनिन् ।

सुनारलाई राति एक बजे नै काठमाडौं मोडल अस्पताल लगेर सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानको रिपोर्ट हेरेपछि मोडेलका डाक्टरले 'गम्भीर चोट लागेका कारण टाउकोभित्र रगत जमेको छ, बाँच्ने सम्भावना कम छ' भन्ने जवाफ दिएको गीताले बताइन् ।

सुनारको लास अहिले वीर अस्पतालमै राखिएको छ । मृतकका परिवारले दोषी प्रहरीमाथि कारबाही नभएसम्म लास नउठाउने बताएका छन् । प्रहरीको कुटाइबाट मृत्यु भएको थाहा भएपछि दलित आयोगका अध्यक्ष विजुलकुमार विश्वकर्मा, सभासद् विनोद पहाडी, नेपाल राष्ट्रिय दलित मुुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम सुन्दास र माओवादीको नेवाः राज्यसमिति सदस्य विराट वीर अस्पताल पुगेका थिए । उनीहरूले सुनियोजित ढंगले घटना भएको आरोप लगाएका छन् । 'घटना नियोजित तरिकाले भएको छ, यसको यथार्थ जानकारी नआई लास उठाउनुहुन्न,' सभासद् पहाडीले भने ।

दलित आयोगका अध्यक्ष पदम सुन्दासले मृतकको शरीरभरि देखिएको निलडाम र टाउकोमा लागेको चोट हेर्दा प्रहरीले निकै कुटेको प्रष्ट भएको बताए । यसैबीच, प्रहरीले भने सुनारलाई हिरासतमा कुटपिट नै नगरेको दाबी गरेको छ । कालिमाटी खसीबजारका स्थानीय बासिन्दाहरूले ठगी गरेको आरोपमा कुटपिट गरी प्रहरीलाई बुझाएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार, सुनारले केही समयअघिदेखि स्थानीय विष्णु काप्री नाम गरेका व्यापारीसँग अनाथालय बनाउन भन्दै २५ हजार रुपैयाँ चन्दा मागेका थिए । तर, काप्रीले भने पैसा दिन अस्वीकार गर्दै आएका थिए ।

Updated by Shanta on 27 May 10 at 01:11:32


अफगानिस्तानमा अपहरणकारीबाट फुत्किएका कामदार अलपत्र
अफगानिस्तानमा अपहरणकारीको पञ्जाबाट उम्किन सफल ४ जना नेपाली कामदार राहदानीबिहीन भएपछि स्वदेश फिर्न सकेका छैन । उनीहरु दुइ महिना देखि काबुलमा लुकेर बसिरहेका छन् ।

पासपोर्ट र पैसा अपहरणकारीसँगै भएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अफगानिस्तानस्थित एक अमेरिकी कम्पनीको 'बाघराम क्याम्प' तर्फजानेक्रममा बाटैबाट उनीहरु अफगानी एक समूहको अपहरणमा परेका थिए । 'हामीलाई अपहरण किन र कुन उद्देश्यको लागि गरियो भन्ने पत्तो भएन', र्सलाहीका शक्तिबहादुर तामाङले इकान्तिपुरलाई फोनमा भने, 'नियन्त्रणमा लिइएको सात दिनपछि हामी भाग्न सफल भयौं ।'

अपहरण पर्नेमा र्सलाहीका तामाङ, झापाका शिवकुमार भण्डारी, गोबिन्दकुमार धिमाल र बसन्त सिग्देलसहित अरु तीन जना थिए । तर, ती तीनको बिषयमा भने उनीहरुलाई जानकारी छैन । उनीहरु कामको लागि अन्तर्वार्ता दिन कम्पनीतर्फगइरहेका थिए । 'हामीस“ग भएका पासपोर्ट र १५ सय डलर उनीहरुकै साथमा छ', तामाङले भने, 'हामीसँग २० हजार अमेरिकी डलर बेला बेलामा माग्ने गरेकोले पैसाको लागि अपहरणमा गरेको भन्ने हाम्रो अनुमान छ ।'

उनीहरु दलाललाई चार लाख २० हजार रुपैया बुझाएर भारतीय बाटो हुँदै आठ महिना अघि अफगानिस्तानमा पुगेका थिए । अफगानिस्तानमा पुगेको लामो समयपछि मात्रै नेपालीले रोजगार पाउ“छन् । राहदानी साथमा नभएकोले पक्राउ परिने डरले उनीहरु लुकेर होटलमा बस्दै आएका छन् । उनीहरुले उद्धार गरिदिन काबुलस्थित राष्ट्रसंघीय मानवअधिकारको कार्यालय, स्थानीय रेडक्रससमक्ष अनुरोध गरेपनि सुनुवाई हुन सकेको छैन् । 'उद्धारको लागि ओएचसिआर, रेडक्रसमा गयौ', अर्का पीडित झापाका भण्डारीले भने, 'ती निकायले आफुहरुबाट उद्धार हुन नसक्ने जनाउदै नेपाल सरकारलाई गुहान बतायो ।'

भण्डारीका अनुसार परराष्ट्र मन्त्रालयले आफुहरुलाई 'ट्राभल डकुमेन्ट' बनाइदिए स्वदेश फिर्नेछन् । 'दुइ महिना अघि स्थानीय रेडक्रस मार्फ पाकिस्तानस्थित नेपाली दुतावासमा 'ट्राभल डकुमेन्ट' पठाइदिन अनुरोध गरेर आबश्यक कागजात पठाए पनि सुनुवाई भएको छैन्', भण्डारीले भने, 'दुताबास भने परराष्ट्रबाट अनुमति नआएसम्म डकुमेन्ट बनाउन नमिल्ने बताइरहेका छ ।'

आफ्गानिस्तानमा नेपालीहरुलाई बढी निगरानी र धरपकड गर्ने कार्यलाई प्रहरीले त्रि्र बनाइरहेको छ । त्यहा“ गैह्रकानुनी रुपमा काम गर्न जाने हुँदा प्रहरीले पनि बढी निगरानी राखेको हो । मंगलबार उनीहरु बसेको होटलबाट पनि सात जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ । 'हामी नेपाली र अफगानीद्धारा सञ्चालित होटलमा बसेका थियौं । मंगलबार त्यहाँबाट नेपाली कामदार पक्राउ गर्नुको साथै होटल बन्द गरेपछि हामी अफगानीले सञ्चालन गरेको होटलमा दैनिक १० अमेरिकी डलर दिने गरी लुकेर बसेका छौं', उनी फोनमा भन्दै थिए, 'हामी भने बाथरुममा लुकेर बसेकोले पक्राउ हुनबाट जोगियौ ।' उनीहरुका अनुसार पैसा सकिएकोले निकै समस्यामा परेका छन् ।

Updated by Shanta on 26 May 10 at 08:21:35


कहि नभएको जात्रा टेलिअवार्डमा
अवार्ड भन्ने वित्तीकै विवाद त हुन्छ नै । तर नेपालमा पहिलोपटक भएको ऐतिहासिक भनि नारा उरालिएको टेलिअवार्ड विवादै विवादले सवैलाई तानेको छ अहीले ।

नोमिनेशन सुची सार्वजकिसगै विवाद मुछिएको यो अवार्ड सम्पन्न भएपछि त झनै सर्वस्त्र आलोचीत बनेको छ। अधिकांश कलाकारहरु असन्तुष्टमात्र बनेका छैनन यो अवार्डले कलाकारवीच फुटको वाताबरण सिर्जना गरिदिएको छ । अवार्डमा अधिकांश विधामा निष्पक्ष नभएको र निर्णायकले पक्षपात गरेको भन्दै धेरै जसो कलाकारहरु अवार्डप्रति असन्तुष्ट बनेका छन । पहिलोपटक भन्दै नारा उरालिएको यो अवार्डअघि नै टेलिअवार्ड नेपालमा अभियान नामको संस्थाले ५ पटक गरिसकेको छ । अवार्डमा श्याममोहन श्रेष्ठ, संगीतकार नारायण रायमाझी, पत्रकार प्रदीप भटराई तथा सिनेकर्मीहरु व्रजेश खनाल र दिनेश डीसीको निर्णायक मण्डल थियो । तर १२ जना बाहेक अरु निर्णायक बन्ने हैसियत कोही देखिएनन ।

हास्य कलाकार जितु नेपाल भन्छन - 'यी निर्णायक भन्ने थाह पाएको भए यो अवार्डमा भाग नै लिने थिइन । यो अवार्डमा निर्णायक बन्ने हैसियतका ५ जनामा प्रदीप भट्टराई र श्याम मोहन श्रेष्ठ बाहेक अरु लाग्दैनन ।' गीतसंगीतबाट पहिचान बनाएका नारायण रायमाझी पनि जुरीमा छन। तर अवाडमा गीतसंगीतको विधा कुनै छैन । गीतसंगीतमा राम्रा पहिचान बनाएपनि उनले म्युजिक भिडीयो र भर्खर गोर्खा पल्टन भन्ने चलचित्र पनि बनाएका छन । आयोजकको भनाइमा उनलाई म्युजिक भिडीयो तर्फबाट जुरी बनाइएको थियो । जुरी बन्न कुनै क्षेत्रमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने हो तर गीतसंगीतबाट पहीचान बनाएका उनलाई म्युजिक भिडीयोतर्फबाट जुरीमा राखेर दुनियाँलाई बेवकुफ बनाएको छ आयोजक संस्थाले ।

म्युजिक भिडीयो निर्देशन गरेपनि भुषण दाहाल, आलोक नेङवाङ जस्ताको म्युजिक भिडीयो जाच्न सक्ने हैसियतको निर्णायक को थियो? यसको उत्तर कलाकारलाई आयोजकले दिनु जरुरी छ । कतिपय कलाकारहरु जुरी गोप्य राख्नुको कारण यसैलाई मानेका छन । जुरी हेर्दा धेरै व्यक्ति अशिक्षित छन । 'गोप्य नराखे त कस्ले भाग लिने ?' जीतु नेपाल भन्छन, 'जुरी गोप्य राखिएको भनिएपनि केही जुरीले भने म जुरी हु भन्दै अवार्ड अगावै हिडेका थिए ।

एक निर्णायक दिनेश डिसी जो हास्य विधाबाट जर्ज राखिएको भनिएको छ, उनले हास्य क्षेत्रमा के विशेषज्ञता हासिल गरेर उनी जज बने? यसको उत्तर आयोजकसग त होला तर अरुले भने उत्तर थाह पाउन सकेका छैनन । मेरी वास्सैकै शैलीमा सिरीयल बनाएर नक्कली माग्ने बुढो, धुर्मुस बनाएर हास्यसिरीयल बनाए पनि दर्शकले नपत्याइदिएपछि ११/१२ भागमै बन्द गर्नुपर् यो उनले। तर दर्शकले मन पराएर डेढ दुइ सय भागभन्दा माथि गएर ३ ४ वर्षदेखि दर्शकको नजरमा हिट बनेका सिरीयल हेर्ने हैसियल उनले कसरी पाए प्रश्न अनुत्तरित छ ।

जिरेखुसा्रनीका जितु नेपाल मेरी वास्सैका सिताराम कट्टेल र केदार घिमीरेलाई एक आखाले पनि देख्न नसक्ने उनी जज भएपछि जीतुको समुह वा मेरी वास्सै माथि पक्षपात गरिने कुरा यथार्थ बाहिर नभएको कलाकार बताउछन । यही कारण दिनेश डिसी वायस भएर ब्यत्तिगत रुपमा मन नपर्नेलाई पन्छाई एउटै सिरियललाई अवार्ड थुपारीदिदा यो अवार्ड धाधली पुर्ण भएको थियो । अवार्ड टेलिकलाकारको चाड भनिएपनि तितोसत्यको लागिमात्र चाड भएको अधिकांश कलाकारको भनाइ छ ।

हास्य विधामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ वा सन्तोष पन्त बाहेक अरु निर्णायक बन्ने हैसियतको कोही नभएको अनि जस्तो पायो त्यस्तैलाई निर्णायक बनाए पछि जज भन्ने शब्दको महत्व कै अबमुल्यन गरेको देखियो अवार्डले । हास्य कलाकार किरण केशी भन्छन, 'अरु विधाको मान्छेले हास्य बिधाको जज गर्न सक्दैन त्यसैको परिणम हो यो अवार्ड ।' यी जजर्लाई निर्देशक तथा कलाकार शिशीर सुवेदीले त अन्धाको संज्ञा पनि दिए । आफु अभिनीत सिरीयस सिरीयल कलेजलाई हास्यमा राखेर नोमिनेशनमा राखेपछि जज भन्दा पनि अन्धा हुन कि जस्तो लागेको बताए । उनले भने, कसले भन्छन कलेज कमेडी सिरीयल हो भनेर ?'

उत्कृष्ट महिला हास्य कलाकारमा साच्चिकै हास्यकलाकारलाई वायस गरेर गैरहास्य कलाकार ल्याएर कहि नभएको जात्रा गरेको थियो यो अवार्डले । जेनिशा मोत्तान, शिरु विष्ट जस्तालाई हास्य कलाकारमा राखेर हास्य सिरीयलल हैन यो अवार्डले नै दर्शक हसाएको थियो । जेनिशा मोत्तान, शिरु विष्ट पर्ने नोमिनेशनमा मेरी वास्सैमा कुन्जना घिमीरे नपर्नु, कलेजघरबेटी वा यहाको चलन सिरीयल पर्ने मनोनयनमा मेरी वास्सै पनि नपर्नु, अहीलेका उत्कृष्ट पाच हास्य कलाकारको मनोनयनमा जितु नेपाल ले अवार्ड पूर्ण रूपमा बिबादित भएको स्पष्ट देखिन्छ ।

उत्कृष्ट हास्य कलाकारको अवार्डपनि शुरुमा दिपकराज गिरीलाई नै दिइने तयारी भएपनि अवार्डमै ठुलो लफडा हुने स्थिती हुने भन्दै अवार्ड हुन भन्दा केही दिन अगाडिमात्र शिवहरीलाई दिइने निर्णय गरिएको स्रोतको दावी छ । कार्यक्रम प्रायोजक मिडीया हवका प्रमुख सोम धितालले पनि आयोजकले जुरी छान्दा संवेदनशील नभएको भन्दै केही निर्णायकले केही पक्षपात गरेको कुरालाई स्विकारेका छन। 'पहिलो अवार्ड भएकाले कमी कमजोरी भएका छन तर अव यस्तो नहोला' उनले भने ।

मह जोडीले समेत स्टेजबाट अवार्डप्रति असहमति पोख्न भ्याए । कतिपयले यो अवार्डलाई आफै बोक्सी आफै झाक्री भएको बताए । कलाकर्मी मोहन निरौला भनाइमा यो कुरामा सत्यता भएको बताउछन । भन्छन, 'अवार्डका निर्णय हेर्दा मैले मात्रै हैन हरेकलाई यही भन्न कर लाग्छ।' अवार्डमा आयोजक संस्थाका उपाध्यक्ष दिपाश्री निरौला उत्कृष्ट हास्यकलाकार भइन । कार्यक्रम संयोजक रहेका बसन्त रुपाखेती तितोसत्यबाट उत्कृष्ट क्यामारामेनको अवार्ड पाए । अवार्ड आयोजक संस्था मन्चमा तितोसत्यका कलाकर्मीको बाहुल्यता रहेको छ । समितीमा अध्यक्ष, उपाध्यक्ष सहित ७ जना पधादिकारी तितोसत्यबाट छन। राम्रा अवार्डमा आयोजक आफैले अवार्ड लिने प्रचलन कमै मात्र छ। यसमा भने अवार्ड लिनेमा आयोजक हावी देखियो ।

सामाजिक चेतनामूलक टेलिफिल्म तर्फ साल्गीको बलात्कृत आँसु र दलनले चारचार अवार्ड पाए । उत्कृष्ट निर्देशकमा दलनको प्रशंशनीय कामबाट नविन सुव्वा निर्देशनमा निर्वीवाद नाम भएपनि साल्गीको बलात्कृत आशुवाट बद्रि अधिकारी सो अवार्ड पाए । एक निर्देशक भन्छन, ' नविन सुव्वाको निर्देशकीय क्षमता जाच्न सक्ने हैसियत राख्ने निर्णायक को अभावले यस्तो भएको हो ।'अभिनेत्री तर्फ करुणाबाट उषा पौडेल भइन तर सानो पर्दाकी कलाकार भनेर चिनीएकी सरीता लामिछाने नामोनिसान कतै आएन । त्यसैले पनि अवार्ड टेलिकर्मीका लागि सर्वपि्रय बन्न सकेन ।

सर्वाधिक लोकपि्रय अभिनेत्री तर्फ मेरी बास्सैकी कुञ्जना घिमिरे, अभिनेतामा रामकेशर बोगटी र टेलिफिल्म 'अम्मरेको पुकार' ले अवार्ड पाए । लोकपि्रय विधाले अवार्डलाई झन विवादति बनायो । २०५५ देखि २०६५ सम्म टेलिभिजन च्यानलबाट प्रशारण भएका टेलिश्रृंखला यसमा अभिनय गर्ने अभिनेता अभिनेत्री समेटिएका भनिएको टेलिअवार्डको सवैभन्दा लोकपि्रय अभिनेतामा रामकेशर बोगटीले जितेपछि हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केशी, रवि डंगोल, दिपकराज गिरी, शिवहरी पौडेल, केदार घिमीरे, सीताराम कट्टेल, नारायण त्रिपाठी जस्ता साच्चिकै लोकपि्रय कलाकर यसमा परेनन। 'यसले नेपालका लोकपि्रय कलाकारको बेइज्जत गरेको छ 'मोहन निरौला भन्छन, 'यस्तो अवार्डको कुनै अर्थ छैन।'

नोमिनेशन देखि नै यसको निष्पक्षतामाथि कलाकारहरु प्रश्न उठाउन थालेका थिए । उत्कृट पाच हास्य सिरीयलकै मनोनयनमा तितोसत्य, जिरेखुर्सानी, कलेज, घरबेटी बा, यस्तै छ यहाको चलन थिए । कलेज, घरबेटी बा, यस्तै छ यहाको चलन उत्कृष्ट पाँच सिरीयलमा राखेर मेरी वास्सैलाई राखिएको थिएन । टिआरपी रेटिङको पछिल्लो रिपोर्ट अनुसार नेपाल भरिका टेलिभिजन च्यानलबाट प्रशारण हुने कार्यक्रममा सवैभन्दा धेरै हेरिने कार्यक्रममा मेरी वास्सै एक नम्वरमा रहेको छ । तर यो मनोनयनमै नपारेपछि अवार्डमा निष्पक्षता भन्ने कुरा शुरुमै घाम जस्ते छलंग थियो ।

चेतनामुलक सिरीयलका नेपालकै उत्कृष्ट निर्देशक सविन बास्तोलाले शुरुमै बहिष्कार गरेको थिए ।सविनले भने, 'यस्तै हुन्छ भनेर अवार्डमा मैले भाग लिइन ।' यता कुनै समयको लोकपि्रय सिरीयल परिचय पनि अवार्डमा सामेल थिएन। धेरै अवार्ड पाउने सिरीयलमा पर्ने यो सिरीयल पनि फगत अवार्डको शिकार हुने भन्दै धाधलीपुर्ण अवार्डमा भाग लिनको तुक नरहेको भन्दै शुरुमै बहिस्कार गरेको बताए । निर्देशक/कलाकार प्रभाकरदेव शर्मा, भुइँचालो सिरियलका पूर्ण थापा , रवि डंगोल र मुनाल घिमीरे, मेरी वास्सैका सिताराम कट्टेल, केदार घिमीरे, सुरेन्द्र केशीलगायतले यो अवार्ड पुर्णत धाधली भएको बताए ।

Updated by Shanta on 26 May 10 at 02:01:16


राजसंस्था अन्त्यको वास्तविक असर बुझ्न र महसूस हुन बाँकी छः
पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था अन्त्य गर्ने कदमबाट पर्ने वास्तविक असर बुझ्न र महसूस गर्न जनताले बाँकी रहेको बताएका छन्। इमेज च्यानलका गृष्मा राजभण्डारीलाई दिएको अन्तर्वार्तामा उनले राजसंस्था जाँदा आफुले दोषी महसुस नगरेको तर उदास भएको बताए।

त्यसवेला कतिपय कुरामा धोका पाएको पनि उनले बताए। 'कतिपय कुरा हटाउन पनि सकिन्थ्यो', उनले भने। राजसंस्था जानुमा पारसको छविको कारण भन्ने प्रसंगमा उनले भने, 'अरूलाई दोष दिएर पन्छाउन मिल्दैन। परिवारकेा मुख्य मानिस भएपछि उसले नै गुण/अवगुणको जिम्मा लिनुपर्छ। अरुलाई औला ठडयाउने हाम्रो वानी छैन। जस मैले लिनुपर्छ।अरुलाई पन्छाएर काम गर्ने मेरो वानी छैन।'

राजसंस्था ब्युतिने संभावनाको कुरा गर्दा 'राजनीतिक कुरा अहिले नगरौ' भन्ने जवाफ दिए। 'त्यो समय आउदैछ, अहिले चाहिं भएको छैन', भद्रगोललाई टुलुटुलु हेरेर वस्ने भन्ने प्रश्नमा उनले भने, ''त्यो पनि उहाँ(नेता)हरू मा भर पर्ने कुरा हो। चुप लागेर वस भन्छन् भने चुप नै लाग्छौं।' राजनीतितर्फ कहिल्यै ध्यान नगएको उनले बताए। 'अहिले पनि त्यतातिर जाने हाम्रो मन छैन', उनले भने।

वैशाख ११ मा भएको सम्झौताको वारेमा उनले भने, 'यो तथाकथित सम्झौता धेरै वाहिर आइसक्यो। अहिले त्यो सार्न्दभिक छ जस्तो लाग्दैन। धेरै पत्रपधिकामा आएको छ। धेरैले लेखेका छन्, धेरै नेपालीले बुझेकै कुरा हुन्। वैशाख ८ र ११ को कुरा फेरी एकपटक दोहोर्‍याउनुपर्छ, नेपाली जनताले विचार गर्नुपर्छ। त्यो नेपाली जनतालाई नै छाडिदिउ। त्यो हामीले भन्ने कुरा होइन।'

हिन्दु राज्य र राजसंस्था फर्कने संभावनाको वारेमा उनले भने, 'यो कुरामा सबैलाई सुशिक्षित र टाठो बनाउनुपर्‍यो। ८० प्रतिशत भन्दा बढी एउटा धर्ममा विश्वास गर्नेलाई त्यसै पन्छाइदिदा कसैको मन दुखेको होला। त्यो कसरी सम्बोधन गर्ने? अहिले भएका नेताहरुले विचार गर्नुपर्ने कुरा हो।'

धेरै ठाउँवाट वोलाइरहेको, धेरै धार्मिक ठाउँमा आइदिओस् भन्ने चाहना राखेको उनले बताए। 'जनतावीच जान मलाई कहिल्यै अप्ठयारो थिएन, अहिले पनि छैन। ब्यवस्था मिलेपछि जाने कोशीश गर्छु', उनले भने। शिर ठाडो पारेर सबै नेपालीले जुन कुनामा पनि वाँच्न पाउन् भन्ने चाहना रहेको पनि उनले बताए।

जनताको अभिमत बुझन एउटा सर्वसाधारण नेपाली जहिले पनि मन्दीर जान पाउनुपर्ने उनको भनाई थियो। यसअघि जनकपुरमा जाँदा सर्वसाधारणको भनाईलाई आफुले भनेको उनको अभिब्यक्ति थियो। 'तर, के भन्ने कतिले मलाई दिवास्वप्न देख्न लागेको भने, कतिले धमिलो पानीमा माछा मार्न लागेको भने। यस्ता कुरा भन्ने पनि उहाँहरुको अधिकारै होला। तर मलाई के लाग्छ भने नेताहरु भएपछि वोल्ने उहाँहरूको अधिकार होला तर सुन्ने उहाँहरूको कर्तब्य हो। उहाँहरूले सुन्नैपर्छ', उनले भने।

राजा आउ देश बचाउ भन्ने नारा सुन्दा कस्तो अनुभव भएको छ भन्ने प्रश्नमा उनले ठटयौली शैलीमा भने, 'गर्मी छ नेपालगञ्ज आएर जाडो कहाँवाट हुनु? त्यो पनि यो मौसममा, गर्मी नै हुन्छ।' उनले सर्वसाधारणको माया र स्नेह पाएको पनि बताए। 'यता ठेलिएको छ, किचिएको छ। रमाइलै हुँदो रहेछ', उनले भने, 'कतिपयले छुनैपर्ने, कतिपयले ढोग्नैपर्ने, कतिपयले फुल दिनैपर्नै, अव यसलाई के भन्ने?'

दरवार हत्याकाण्डमा भारत र अमेरिकाको भुमीकाको विषय उठाउदा उनले भने, 'यो पनि खोई मलाई केही थाहा छैन। जुन आयोग (उच्चस्तरीय छानविन आयोग) गठन भएको थियो, उहाँहरुले पनि यस्तो कुरा गर्नुभएको थाहा छैन। त्यसैले मैले यसमा ठयाक्क विश्वास गर्छु/गर्दिन भन्न सक्दिन।'

नागार्जनवाट पनि लखेटनुपर्छ भन्ने सुन्दा कस्तो लाग्छ? भन्ने प्रश्नमा एउटा सामान्य नागरिकले जस्तै महसुस गर्ने उनले बताए। कसैले लाञ्छना लगाउदै गए आफुमा अदालत जाने अधिकार भएको उनको भनाई थियो। कसैलाई त्यस्तो लाग्छ भने अदालत जान पनि उनले सुझाव दिए। 'त्यो दिन आउने छ जुन दिन न्याय हुने छ', उनले भने। आफुले राज्यवाट केही विशेष सुविधा नपाएको पनि उनले बताए। 'तपाईले ब्लयाकआउट, लोडसेडिङ भोग्नुपरेको छ भने मैले पनि भोग्नुपरेको छ। पानी आउछ, विद्युत आयो भने मैले पनि (कर) तिरीराखेकै छु', उनले भने। आफनो निजी घर निर्मलनिवासमा सर्वसाधारणले झै सबै कर तिरेको उनले बताए। सर्वसाधारणले झै आफुले पनि जीवन विताइरहेको उनले बताए। 'अलिकति फरक भनेको मिहनेत गर्नुपर्दैन किनभने आफुसँग समय छ', उनले भने।

विहान ६ वजेतिर उठेर पाठ गर्ने, नाति नातिनासँग केही समय विताउने आफनो दिनचर्या पनि सुनाए । त्यसपछि मानिस भेटने क्रममा दिग्गजदेखी सर्वसाधारण सबैलाई भेटने गरेको उनको भनाई थियो। विभिन्न विचारका मानिसहरुलाई धैर्यतासाथ सुनिदिने गरेको उनले बताए। प्राय १२ वजेपछि लन्च खाने र त्यसपछि सकेसम्म आराम गर्ने पनि उनले बताए। वेलुका पाँच वजेदेखी वेलुकाको ९/१० वजेसम्म फेरी मानिस भेटघाट गर्ने आफनो दिनचर्या पनि उनले बताए। वेलुकाको खाना सकेसम्म हल्का र साधारण किसिमको खाने गरेको उनले बताए।

Updated by Shanta on 26 May 10 at 01:54:11


Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]