नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

अफगानिस्तानमा क्विन्स गोर्खा इन्जिनियर्सका गोर्खा सैनिकको गोलीलागी निधन (British soldier from the Queen's Gurkha Engineers shot dead in Afghanistan)
अफगानिस्तानमा तालिवानको आक्रमणमा फेरि एक गोर्खा सैनिकको मृत्यु भएको छ। योसहित जुलाईयता मारिने गोर्खा सैनिकको सङ्ख्या तीन पुगेको छ। काठमाण्डौंस्थित बेलायती दूताबासले मृत्यु हुने गोर्खा सैनिक कास्की जिल्लाका भएको र उनका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ। अहिलेसम्म मारिने गोर्खा सैनिकको नाम भने सार्वजनिक गरिएको छैन।

शनिबार बिहान अफगानिस्तानको हेलमान्ड प्रान्तको नाद ए अली जिल्लामा तालिवानसँग भएको गोली हानाहानमा मृत्यु हुने गोर्खा सैनिक क्विन्स गोर्खा इन्जिनियर्सका सदस्य रहेको बताइएको छ ।

British soldier from the Queen's Gurkha Engineers shot dead in Afghanistan

A British soldier has been shot dead in Afghanistan, the Ministry of Defence said today.
The soldier was from the Queen's Gurkha Engineers serving with 21 Engineer Regiment.
He was killed during small arms fire in Nad-e Ali District of Helmand Province.
His family have been told.

Spokesman for Task Force Helmand, Lieutenant Colonel David Southall, said: "It is my sad duty to inform you that a soldier from the Queen's Gurkha Engineers, serving with 21 Engineer Regiment was killed this afternoon in Nad-e Ali (North), Helmand Province.

"Part of a Sapper team rebuilding the security infrastructure in support of the 2nd Battalion, The Duke of Lancaster's Battle Group, he was engaged and killed by small arms fire.

"Selfless to the end, he gave his life whilst supporting others. His sacrifice will not be forgotten."

The British death toll in the Afghan campaign since 2001 now stands at 331.

The latest fatality comes after two British soldiers serving in Afghanistan died in separate incidents.

The first serviceman, from 1st Battalion The Mercian Regiment, was injured after a helicopter crashed at a patrol base in the Nahr-e Saraj district of Helmand province on Tuesday.

He was flown back to Queen Elizabeth Hospital in Birmingham where he died on Thursday, surrounded by his family.

The second soldier, from 21 Engineer Regiment, died yesterday after being shot in the Sangin district of Helmand.

The families of the two servicemen, who are expected to be named by the MoD today, were told.

It is understood that the first soldier, who was serving with Gurkha Reinforcement Company, was injured when a Chinook helicopter crashed at his base.

During a night-time resupply mission the aircraft's rotor blades hit a lookout tower and knocked down a wall next to where he was sleeping, The Sun newspaper reported.

The soldier's comrades dug through the rubble for more than half an hour to free him, it said.

Major Ronnie Goodwin, officer commanding the rear operations group of 1 Mercian, said: "He gave his life trying to improve the lives of people in Helmand by providing much-needed reassurance and security.

"Our thoughts are with his family and close friends at this difficult time. He will be missed and remembered by all ranks of The 1st Battalion The Mercian Regiment (Cheshire)."

Referring to the second death, Lieutenant Colonel David Southall said: "He was shot by small arms fire whilst supporting the 40 Commando Royal Marines battle group.

"He died a sapper, doing his duty amongst his comrades as he sought to improve security for the people of Afghanistan. His courage and sacrifice will not be forgotten."

Another British soldier, Lieutenant John Sanderson, 29, from 1st Battalion The Mercian Regiment (Cheshire), died in Queen Elizabeth Hospital on Wednesday evening after being wounded on patrol in the Nahr-e Saraj district on July 13. (Mirror)

Updated by Bhumiraj on 15 August 10 at 04:20:21


सबैभन्दा बढी आम्दानी गर्ने हलिउड नायिकामा सान्द्रा बुलक
एजेन्सी,फोर्ब्स पत्रिकाका अनुसार सान्द्रा बुलक हलिउडकी सबैभन्दा बढी आम्दानी गर्ने नायिका हुन् । ओस्कार एवार्ड विजेता नायिका बुलक पछिल्ला १२ महिनामा ५६ मिलियन डलर आम्दानी गर्न सफल भइन् ।

फोब्सको सूचीमा बुलकपछि रिज विदरस्पुन तथा क्यामरुन डियाजको नाम छ । यी दुवै नायिका ३२ मिलियन डलर आम्दानी गर्न सफल भएका छन् । यो सूचीको चौथो स्थानमा नायिका जेनिफर एनिस्टन छिन् । नायिका जेसिका पार्कर तथा जुलिया रोबर्टस् क्रमशः पाँचौँ तथा छैटौँ स्थानमा छन् ।

बुलकले यो रकम चलचित्र 'ब्लाइन्ड साइड' मा काम गरेर कमाएकी हुन् । उक्त चलचित्रले ओस्कार एवार्डसमेत जितिसकेको छ । पछिल्लो समयमा बुलकले आफ्ना श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेकी छिन् भने चाँडै नै एउटा अनाथ बालबालिकालाई धर्मपुत्र अथवा पुत्रीका रूपमा ग्रहण गर्ने योजनामा छिन् ।

Updated by Bhumiraj on 14 August 10 at 04:05:00


पूजा लामा मुस्लिम धर्म परिवर्तन पछि आम्ना फारुकी
विदुर खतिवडा, नायिका, मोडल तथा गायिकाको परिचय बनाएकी पूजा लामाले धर्म परिवर्तन गरेकी छिन् । बुद्धिस्ट परिवारमा जन्मिएकी पूजा दुई महिनाअघि मुस्लिम भएकी हुन् । दुई महिनाअघि उनी कतार, दोहाबाट नेपाल फर्किएकी थिइन् । अभिनय, गायन तथा मोडलिङजस्ता विविध क्षेत्रमा स्थापित पूजाले बुद्ध धर्ममा खोट देखेर धर्म परिवर्तन गरेको नभै मुस्लिम धर्मका धेरैवटा राम्रा पक्ष देखेर धर्म परिवर्तन गर्ने निर्णय लिएको साप्ताहिकलाई बताइन् ।

२८ वर्षीया पूजा लामा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । प्रतिभा त छँदैछ, त्यसबाहेक अन्य स्क्यान्डलहरूले पनि पूजा लामालाई समाचारमा ल्याइरहेको हुन्छ । आत्महत्याको प्रयासदेखि विभिन्न स्क्यान्डलसम्मका घटनाले उनलाई चर्चामा ल्याएका छन्, तर सबै घटनामा स्पष्ट भएर वास्तविकता बताउन तयार हुने पूजा आफ्नो निजी जीवनको यो मोडसम्म आइपुग्दा चर्चामा आउने रुचि नभएको बताउछिन् ।

'मैले चर्चामा आउन यो सब गरेको होइन,' पूजाले भनिन्- 'तर नचाहँदा-नचाहँदै मिडियामार्फत निजी जीवनका कुरा बाहिर आइरहेका हुन्छन् ।' धर्म परिवर्तनलाई उनले चर्चाको विषय बनाउन नचाहेको बताइन् । पूजाले भनिन्- 'मैले मुस्लिम धर्म अँगाल्दा सन्तुष्टि पाएकाले धर्म परिवर्तनको बाटो रोजेकी हुँ ।'

कडा नियममा हिँड्नुपर्ने मुस्लिम धर्म रोज्नुको कारण ? पूजाका अनुसार कडा भएकैले उनले मुस्लिम धर्म अँगालेकी हुन् । 'यो धर्ममा भगवान्प्रति धेरै आस्था हुन्छ, यसो भनेर मैले अन्य धर्मको अवमूल्यन गरेको होइन, सबै धर्म राम्रा छन्,' पूजाले भनिन्- 'म बुद्धिस्ट परिवारमा जन्मिएकी थिएँ, त्यसकारण बुद्धिज्म मेरो रगतमै थियो, त्यसबाहेक अन्य धर्ममा जाने भन्ने कुरा मेरो मस्तिष्कमा आएन पनि, तर अहिले आएर आफुलाई मुस्लिम धर्म मन परेकाले मुस्लिम भएकी हुँ ।'

मुस्लिम धर्म अँगालिसकेपछि पूजाको जीवनशैलीमा ठूलै परिवर्तन आएको छ । उनको नाम पनि पूजा लामाबाट आम्ना फारुकीमा परिवर्तन भएको छ । कुनै पनि सामान्य तनाव हुनेबित्तिकै मदिरा र धूम्रपानको सहारा लिने पूजा मुस्लिम भैसकेपछि सबै प्रकारका लतबाट टाढिएकी छिन् । 'मुस्लिम धर्म अँगालेपछि टेन्सन हुनेबित्तिकै लतको सहारामा बेहोस भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ,' पूजाले भनिन्- ' त्यतिमात्र होइन, जीवनप्रतिको वितृष्णाका कारण म दुव्र्यसनको सिकार पनि भैसकेकी थिएँ, अहिले पूर्णतः त्यो जीवनशैलीबाट मुक्त भएकी छु । पूजा मुस्लिम भएपछि आजभोलि बुर्कामा हिड्छिन् । ठमेल स्थिति साथीको एक रेष्टुराँमा बुर्का लगाएर उनी गीत पनि गाउँछिन् । मुस्लिम भएकै कारण उनले अब केश देखाएर हिड्न मिल्दैन ।

पूजाका अनुसार उनी मासु पनि हलाल गरेको मात्र खान्छिन् । पूजाले मुस्लिम धर्म अँगालिसकेपछिको जीवनलाई पुनर्जन्मका रूपमा परिभाषित गरिन् । पूजाका अनुसार उनले नयाँ जन्म पाएकी छिन् । 'मैले बुद्ध धर्मलाई गहिरिएर अध्ययन नगरेकाले र धेरै साथीहरू मुस्लिम भएकाले पनि हुनसक्छ, मैले धर्म परिवर्तनको बाटो रोजेको ।' उनले भनिन्- 'मुस्लिम साथीहरूको संगतले पनि मलाई मुस्लिम बन्न उत्प्रेरित गर्‍यो ।' सधैँ तनावमा रहेको देखेपछि उनका एक मुस्लिम साथीले ध्यान गर्ने सल्लाह दिएका थिए, उनले त्यसलाई पनि प्रयोग गरेर हेरिन्, तर तत्कालै त्यसबाट कुनै राहत मिलेन, तर अल्लाहलाई सम्झेर पुकारा गरेपछि उनले राहत पाएको बताइन् ।

विगतका स्क्यान्डलहरूबाट बच्न पूजाले मुस्लिम भएर आफ्नो नाम परिवर्तन गरेको भन्नेहरू पनि होलान्, पूजाले भनिन्- लाज वा डरका कारण मैले मुस्लिम धर्म अँगालेको होइन, रहरका कारण पनि मलाई मुस्लिम बन्ने चाहना थियो ।' पूजाका अनुसार एक दिन मुस्लिम साथीबाट त्यो धर्मका बारेमा सबै जानकारी लिएपछि उनले सोही दिन मुस्लिम बन्ने निर्णय लिएकी थिइन् । उनले भनिन्- 'अल्लाहको डरका कारण गलत काम नगर्ने भएकाले पनि यो धर्मको शरण लिएँ ।'

दार्जीलिङमा रहेको पूजाको परिवारलाई पनि उनले आफ्नो धर्म परिवर्तनका बारेमा जानकारी गराइसकेकी छिन् । 'ममीहरूले पनि साथ दिनुभयो,' उनले भनिन्- 'मुस्लिम धर्मले मेरो जीवनशैलीमा ल्याएको परिवर्तन देखेर पनि उहाँहरू खुसी हुनुभएको छ ।' रक्सी र चुरोट अनिवार्य पिउनैपर्ने उनको बानी अहिले परिवर्तन भएकाले परिवार खुसी भएको हो ।

नयाँ जीवन पाएकाले उनले पूजा लामाको विगतको परिचय समाप्त भएको बताइन् । अब मलाई आम्ना फारुकीका रूपमा सम्बोधन गरे हुन्छ, पूजाले भनिन्- 'अहिले आएर मात्र म परिपक्व भएको महसुस गरिरहेकी छु । मस्तिष्कमा आइरहने नकारात्मक कुरा पनि अहिले अन्त्य भएको छ ।' पूजाले विगतका विभिन्न सम्बन्धका बारेमा अब केही उल्लेख गर्नुको अर्थ नरहेको समेत बताइन् ।

'म विवाह गरेर मुस्लिम भएको भने होइन,' उनले स्पष्टीकरणको भाषामा भनिन्- 'तर अब विवाह गर्दा सायद मुस्लिमसँगै हुन्छ ।' मुस्लिम धर्म अँगालिसकेपछि निकाह -विवाह) गरेको व्यक्तिसँग मात्र यौनसम्बन्ध राख्न पाइने पनि उनले बताइन् । हाँस्दै पूजाले भनिन्- 'अहिलेसम्म मुस्लिम साथीहरू मात्र पाएकी छु, जीवनसाथी पाएँ भने फेरि खबर गरौँला नि हुन्न ?' यद्यपि पूजाले जसको सल्लाहमा मुस्लिम धर्म ग्रहण गरिन् उसैसँग विवाह गर्नेछिन् भनेर अनुमान गर्नेहरूको पनि कमी छैन ।

Updated by Bhumiraj on 14 August 10 at 03:49:34


जदौ नभन्दा शिक्षकले कुटे दलित
दैलेख : जदौ नभनेको भन्दै एक शिक्षकले दलितलाई कुटपिट गरेका छन् । कथित माथिल्लो जातका शिक्षक भक्तबहादुर विष्टले रावतकोटका रामबहादुर कामीलाई कुटपिट गरेका हुन् । आफू माथिल्लो जातको भएको र दलितले शिर निहुराएर जदौ भन्नुपर्ने दम्भ पालेका भैरीकालिका थुमस्थित थापाबाडा प्राविका शिक्षक भक्तबहादुर विष्टले आफ्नै गाउँका कामीलाई बुधबार साँझ पिटेका हुन् । उनको कुटाइबाट कामीको आँखामा गहिरो चोट लागेको छ ।

'ससुरालीमा तेह्रौँ पुण्य तिथिको काम सकेर छोरालाई बोकेर घर र्फकंदै गर्दा बाटोमा अचानक विष्ट भेटिए, जदौ भन्ने मेलोमेसो नै पाइनँ,' पीडित कामीले भने, 'तर, एक्कासि उनले मलाई जदौ नभन्ने तँ खुब ठूलो भइस् हैन भन्दै कुट्नसम्म कुटे ।'

अनाहकमै आफू कुटिएको भन्दै पीडित कामीले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका छन् । ससुराली ऐराडी गाउँबाट फकर्ंदै गर्दा जंगलमा भेटिएका विष्टले उठ्न नसक्ने गरी कुटेको उनले उजुरीमा उल्लेख गरेका छन् । प्रहरीले पीडक विष्टलाई कारबाही गरिने जनाएको छ ।

Updated by Bhumiraj on 14 August 10 at 03:37:17


उपचारको क्रममा एक बेलायती गोर्खा सैनिकको मृत्यु
अफगानिस्तानमा खटिएका एक बेलायती गोर्खा सैनिकको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ। बेलायती दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा कार्यरत गोर्खा सैनिक बेलायतको क्वीन एलिजावेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

ती सैनिक मंगलबार अफगानिस्तानको हेलमान्ड प्रान्तको नार-ई-सराज जिल्लामा 'कामको सिलसिलामा दुर्घटना' परी घाइते भएको दूतावासले जनाएको छ। घटनालगत्तै उनलाई उपचारार्थ बेलायत लगिएको थियो। बेलायती दूतावाले मृत्यु हुने सैनिकको नाम सार्वजनिक नगरे पनि उनका परिवारलाई भने जानकारी गराइसकेकको बताएको छ।

बेलायती सेनाका प्रवक्ताले घटनाप्रति दुःख व्यक्त गर्दै उनको निधनले अफगानिस्तानमा स्थायित्व कायम गर्ने प्रयासमा बल पुर्‍याउने टिप्पणी गरेका छन्।

Updated by Bhumiraj on 14 August 10 at 03:20:40


Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]