नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

"पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ" - रक्ष राई

सन २०१० जुलाई १० को साँझ इकान्तिपुर डटकम वेवसाइटमा साप्ताहिक पत्रिका 'नेपाल' मा प्रकाशित कवि श्रवण मुकारुङको नविन काव्य कृति 'विसे नगर्चीको बयान' माथि 'कविको हातबाट टाक्सिएका कविता' शिर्षकमा समालोचक हरि अधिकारीज्यूबाट गरिएको समीक्षा अध्यन गर्ने अवसर प्राप्त भयो, जतिखेर हामी नवचेतनाका आग्रहको अनुच्छेद १० लेख्न गइरहेका थियौं । यो लेख्न किन जरुरी भने उक्त समीक्षाले नवचेतना आग्रहको अनुच्छेद १०-स्पष्ट हुन आग्रह गर्‍यो ।

समीक्षक हरि अधिकारीलाई म व्यक्तिगत रुपमा एक कुशल कवि, केही समालोचक र केही बिचार मुलक लेख लेखकका रुपमा चिन्दछु र सम्मान पनि । उहाँको यो समीक्षाले नवचेतनाग्रहको अनुच्छेद १० लाई एउटा अनुभव प्राप्त भएको छ कि काव्य निस्सिमतालाई नखोजीकन वा नवुझिकन काव्यको सन्दर्भमा अन्तिम निष्कर्षनिकालेर बोल्न वा लेख्न पाठकलाई घातक त छदैछ र समालोचक स्वयमलाई पनि भयानक खतरा हुँदोरहेछ । यी दुवै खतरालाई निम्ताएका छन् समालोचक हरि अधिकारीले 'बिसे नगर्चीको बयान' कृतिमाथिको समीक्षामा । तर दोषी हरि अधिकारीमात्र होइन, हो भने काव्यलाई बुझने हाम्रो पुरातन मान्यता र परम्परा हो । त्यसैले यो बझाइको दोषीकर्ता हरि अधिकारी प्रथम होइन र अन्तिम पनि । यहाँ बिसे नगर्चीको बयान माथि हरि अधिकारीको समीक्षालाई हाम्रो काव्यिक पुरातन मान्यता र परम्पराको प्रतिनिधि अभिव्यक्तिका रुपमा मानिलिएर नवचेतनाको दशौं अनुच्छेद स्पष्ट हुन चाहन्छ । सर्बप्रथम नवचेतनाग्रह के हो - यसले आफूलाई किन नवचेतना आग्रह भन्यो - तर नवचेतनावाद किन भनेन - यो नविन चिन्तनले आफ्नो विकासक्रममा पूर्णता प्राप्त गर्दै लगेपछि नेपाली काव्य जगतमा यसले आफ्नो विस्तृत परिचय दिने नै छ-भविश्यमा । अहिलेलाई नवचेतनाग्रहको दशौं अनुच्छेद काव्यलाई बुझ्ने हाम्रो पुरातन मान्यता र परम्पराबाटै जन्मिएको हो-भनि राखौं र यस सर्न्दर्भलाई सान्दर्भिक बनाई राखौं ।

नवचेतनाग्रहको अनुच्छेद १० को काव्य निस्सिमताका निम्ति काव्यमा विचारको विघटन र चेतनाको स्थापनाको आग्रह गर्दछ । यसले काव्यलाई विचारको विघटन र चेतनाको स्थानको आग्रह राख्दछ । यसले काव्यलाई विचारको दास बन्न अस्वीकार गर्दछ । दास स्वतन्त्र हुन सक्दैन । विना स्वतन्त्रता व्यापक र विशाल बन्न सम्भव छैन । काव्यिक निस्सिमताको लागि काव्यलाई स्वतन्त्र शक्तिको रुपमा स्वीकार्नु र स्थापित गर्न सक्नु पर्दछ । तर हाम्रो काव्यिक चिन्तन त्यसो छैन । हामी काव्यलाई विचारको दास बनाउन कवित्व ठान्दछौं र काव्यलाई नैतिकता, उपदेयता र जिम्मेवारीको कथित बन्धनमा बाँधिरहन चाहन्छौं । त्यसैले काव्यलाई विचारको दासत्वबाट मुक्तिका निम्ति काव्यमा विचारको विघटन र चेतनाको स्थापन अनिबार्य छ । एउटा उदाहरण यहाँ हेरौं, बिसे नगर्चीको समीक्षामा हरि अधिकारीको एउटा वाक्य-एउटा कवितामा हुनुपर्ने केन्द्रीयभावभूमि, कथ्य र सन्देशको सुपष्ट दिगदर्शन यसमा कहीँ पनि छैन.....।

समालोचक अधिकारीको उक्त समीक्षात्मक वाक्याङ्शलाई हाम्रो पुरातन काव्यिक मान्यता र परम्पराको प्रतिनिधि अभिव्यक्ति मानी राखौं । किन भने काव्यलाई विचारको दास बनाउनकै कारण कवितामा हामी उसको कथ्यको केन्द्रीयभावभूमि र सन्देशको सपष्ट दिगदर्शन को खोजी गर्दछौ. र काव्यको फैलावट अथवा ब्यापकतालाई विचारको केन्द्रमा ढालेर सिमाङ्कृत गरिदिन्छौं । विचार ग्रहण गरिने होइन लादिने वस्तु हो । र त्यसका निम्ति कवितामा कथ्य र केन्द्रियभावभूमिका साथ सन्देशको स्पष्टताको औचित्य छ । त्यही औचित्यका निम्ति हामी काव्यमा अर्थहरु बताउने परम्पराबाट यहाँसम्म आइपुगेका छौं । तर काव्यमा अर्थ जागरणको परम्परातर्फजानै चाहेका छैनौं । हाम्रो काव्यिक परम्पराले फ्रान्सेली चिन्तक रोला वार्थ -१९१५-१९८०) ले १९६७ मा लेखकको मृत्यु घोषणा गरे जस्तो नभएर पाठकको हत्याको मार्ग रोज्यो । पाठकको हत्या भनेको उसको काव्यिक चेत, विवेक र निर्णय प्रतिबन्ध लाग्नु हो । पाठकको हत्या नै काव्यको मृत्यु पनि हो । काव्यको जीवन अर्थहरुको जागरणमा छ र अर्थहरुको जागरण काव्यमा विचारको विघटन र चेतनाको स्थापनामा मात्रै सम्भव छ । किन भने विचारमा निरङ्कुसता, केन्द्रीयता र एकात्मकता छ । चेतना नविन र सुन्दर छ । चेतनामा रङ्ग छ । रङ्गमा बहुलता छ । बहुलतामा ब्यापकता छ । तर विचारको केन्द्रीयता र एकात्मकताले रङ्गको हत्या गर्दछ । संसारमा विचार भयानक कुरुप र हिंस्रक छ । हरि अधिकारीको अर्को वाक्याङ्समा- बिसे नगर्चीले कविताको लालित्य र र्सबकालिन महत्व खोज्ने गम्भीर पाठकहरुलाई प्रेरित गर्न सक्दैन.....।

यो विचारको निरङ्कुसता, केन्द्रीयता, र एकात्मकताले निर्मित पुरानो कव्यिक मान्यता र परम्पराको दृष्टि दोष हो । समालोचक अधिकारीज्यूले बिसे नगर्चीलाई शाहबंशद्वारा अवहेलित इतिहासका पात्रलाई अविधात्मक अर्थमा मात्रै बुझे होलान्, तर बिसेनगर्चीलाई शाहबंशको उदयपछि २५० बर्षम्म अवहेलित एवं तिरष्कृत आदिवासी जनजातीमाथि शाहबंशले हिन्दु धर्मको नाममा र हिन्दु धर्मले शाहबंशको नाममा के के निकृष्र्टकर्म र षडयण्न्त्र गरे - त्योर् इतिहास र बर्तमानलाई प्रतिनिधिपात्रको रुपमा प्रतीकात्मक अर्थलाई बुझेनन होला ठान्नु समान्य पाठकपनि मुर्ख बन्नु हो । तर बिचारको निरङ्कुसता, केन्द्रीयता र एकात्मकताको प्रभावकै कारण हरि अधिकारी जस्ता अव्वलदर्जाका कविले काव्य चेत खुस्काएका छन यहाँनेर ।

सृजनामा काव्य अर्थात कविता र्सबश्रेष्ठ र जटिल विद्या हो । काव्यको स्पेस पाठककालागि ठुलो छ । त्यसैले काव्य स्थूल छैन । तर हामी काव्यलाई मानव उपयोगिताका उत्कृष्ट साधन, औजार वा हतियार बनाउँदछौं । औजार कर्ता होइन । त्यो स्थूल छ र दास्रो शक्तिबाट चालित छ । यसरी हामी काव्यलाई स्थूल बनाउँदछौं र स्रष्टाद्वारा चालित कुनै औजार । यसो पनि भनौ-सष्टा काव्य माथि शासन गर्दछ र पाठक माथि अधिनायकत्व लाददछ । यसो गरिदा काव्य स्थूल बन्दछ र काव्यको स्थूलता भनेको उस्को मृत्यु हो र त्यो भन्दा भयानक खतरा पाठकको हत्या । त्यो भन्दा पनि खतरनाक काम हामी के गर्दछौं भने-काव्यको गुण र परिमाणलाई छुट्टाएर हेर्दैनौं, बरु एकै ठाउँमा कोचेर परिणाम खोज्दछौं । कविता गुणले समान छ र परिमाणले फरक । काव्य गुणले निस्सिम छ र परिमाणले सिमाङ्कृत । फेरी अर्कोचोटी श्रवण मुकारुङको अर्को कविता ९८ को आत्मा कथामा अधिकारीको भनाई-श्रवणले आफुले जानेका सवै कुराको परिकार मिलाएर नयाँ कविताको पकवान तयार गर्ने प्रयत्न गरेका छन । तर ९८ को आत्मा कथा कविता बन्न सकेको छैन.....।

यसले के बताउँदछ भने-हामी कवितालाई उसको रुपमा हेर्दैनौं, बरु कविताका प्रति हामीले कस्तो मान्यता बनाएका छौं - त्यसलाई मात्र हेर्दा रहेछौं । कवितालाई उसको स्वरुपमा हेर्न सिक्यौं भने फरक कुरा देखिन्छ भन्नेहरु माथि खनिँदा रहेछौं । अब कुरो छ कवितामा पूर्णताको सवाल । काव्यलाई मानव उपयोगिताका साधन बनाइसकेपछि त्यो सिमाङ्कृत बन्दछ र त्यसले उसको सिमाभित्र पूर्णताको अपेक्षा राख्दछ । तर नवचेतनाको आठौं अनुच्छेद भन्छ-सृजना अर्थात कविता अर्धपागलपनको अभिव्यक्ति र भ्रमको पुनः उत्पादन हो । तथ्य-संसारमा मानव पूर्ण सध्दे छैन, न त पूर्ण पागलनै छ । मानिस अर्धसध्दे र अर्धपागलपनको समग्र रुप हो । मानव अर्धसध्देपन र अर्धपागलपनको सन्तुलनमा छ । मानवमा अर्धपागलपन किन छ भने उ भित्र निरोध, निषेध र दमन छ । निरोध, निषेध र दमनको कारण मानव आफैभित्र विभाजित छ । क्षतविक्षत छ । उ आफैमा भित्री मानव र बाहृय मानवमा विखण्डित छ । अन्तर मानव प्रकृतिजस्तो सत्य छ र नग्न छ । बाहृय मानव ढोंगी र पाखण्डी छ र आवरण भित्र छ । अन्तर मानव र बाहृय मानवको एकरुपतामा मात्रै मानवको पूर्णसध्देपन सम्भव छ । तर त्यो समभव छैन । कारण अन्तर मानवलाई बाहृय मानव दमन गर्दछ र पारिवारिक नियम, सामाजिक मूल्य-मान्यता, संस्कृति, संस्कार, धर्म र मानविय नैतिकताका दलबलले तर दमनकै कारण अन्तर मानव शक्तिशाली छ । फलतः मानवमा द्वैध स्वरुप र द्वैध चरित्र छ । उ बाहिरबाट एकथोक छ र भित्रबाट अर्कैथोक छ । उ बोल्दछ एकथोक गर्दछ अर्कोथोक । उसको बोली र व्यवहारमा समानता छैन । उ भित्र निरोध र दमनकै कारण अन्तर मानव र बाहृय मानवको अर्न्तद्वन्द्वबाट सृजना पनि प्रभावित छ । त्यसैले दमनको प्रभावले मानव व्यवहारमा अर्धपागलपन छ ।

मानव प्रकृतिझै पूर्ण छैन । उ रित्तो आउँदछ यो जगतमा र रित्तो घडाझैं भरिने क्रममै सिद्धिन्छ । मानव पूर्ण हुने भए स्थूल हुने थियो भरि घडाको पानीझैं । तर उ अर्धघडाको पानीझैं चलायमान छ उसको अर्धताको कारणले । मानव अर्ध छ । उसले थोरै जानेको र धेरै जान्न बाँकी रहेको अवस्था छ । उसले थारै सिकेको र धेरै सिक्न बाँकी रहेको अवस्था छ । यो अर्धताकै कारण मानवमा भ्रम अधिक छ । त्यसैले सृजनामा भ्रमको पुनः उत्पादन हुन्छ, र मानव भ्रमबाटै सत्यको खोजी गर्दछ । हेरौं अधिकारीज्यूको शव्द सापट-कवितालाई अपरिपक्व क्रिडा कौतुकको रुपमा प्रस्तुत गर्ने लहड् पो हो कि ?यसरी अर्धमानवद्वारा सिर्जित सृजनामा परिपक्वता र पूर्णताको खोज पनि अर्धपागलपन नै हो । आजको कविता अर्थात पद्य कविताको शास्त्रीय नियमको बन्धनबाट मुक्त भएर काव्य निस्सिमताका निम्ति उत्तर आधुनिकताको प्वाँख उमारेका गद्य कवितालाई काव्यको पुरातन मान्यताका साँचामा ढालेर हेर्नु स्रष्टा र समालोचक दुवैलाई घातक बन्न सक्छ ।

हाल बेलायत, वेल्सबाट  

Updated by Bhumiraj on 25 July 10 at 10:44:49 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]