"जीवन सम्झनाको एउटा पाटो रहेछ" (क्रमश भाग) - काङमाङ नरेश
जगत जीसंग त्यस पछि २०५६ सालमा लाहुर बन्ने रहर बोकेर पोखराको व्रिटिश क्याम्पमा जादा त्यहाँ भेट भयो । हाम्रो भेट भान्साघर र नाफीमा फल फुल किन्न जाँदा हुन्थ्यो । त्यो साल उहाँ भर्ति लाग्न सक्नु भएन । फेल भएर घर फर्किनु भयो । म भने लाहुर लाग्न सफल भए । उहाँ अर्को बर्ष लाहुर लागेर आउनु भयो । म नेपाल कप फुटबल खेल्न क्याट्रिक जादाँ उहाँ त्यहि तालीम गरिरहनु भएको थियो । उहाँसंग छोटो कुराकानी मात्र भयो । उहाँसंग धेरै गफ गर्नेर् इच्छा हुदाँहुदै पनि हामी गफ गर्न पाएनौ । आर्मी त्यो पनि तालीमको समय उहाँलाई फुर्सद थिएन । एकै छिन्को भेट पनि लामो जस्तो लाग्यो । उहाँ तालीम सकेर गोर्खा सिग्नल जानु भयो । म २ आर.जी.आरमा कार्यरत । त्यस पछिका दिनहरुमा वेलायतमा भएको साहित्यिक कार्यक्रमहरुमा बाक्लै भेटघाट् भईरहेको छ । हाम्रो भेट फोनमा भैइरहन्छ । उहाँमा साह्रै राम्रो वाक शक्ति छ तर उमेर भन्दा तालुले उहाँलाई बुढो बनाई सकेको जस्तो मलाई अहिले आएर लाग्न थालेको छ । गायक मिलन राई । उहाँसंग धरान छाडे पछि भेट्घाट् भएको छैन । कहाँ हुनुहुन्छ थाहाँ पनि छैन । गायक किशोर थुलुङ्गसंग बेला बेलामा भेट् हुन्छ । गायक राज क्मार समाल जी कलास्मेट साथि । धरान छाडे पछि काठमाण्डौमा भौतारिएर फिरन्ते भएर हिड्दा भेट भएको थियो । ललीत्कला क्याम्पसमा पढ्दैछु भन्नु हुन्थो । त्यस पछि हाम्रो भेट भएको छैन । किसन चन्द्र राईसंग धरान छाडे पछि भेट भएको छैन । कबयत्री वीमला तुम्खेवाजी लामो कपाल सेतो साडी र चोली ओडेर पथ्रीबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । उहाँको कविता संग्रह नदी छाल र तरंग पढेको छु । विमला सालीन् ,अहिले गाउँमा छिन् । अहिलेको समयमा कविता लेख्न छाड्नु भएको भान भईरहेको छ मलाई । उहाँ कवि भरुपलसंग विवाह बन्धनमा बाधिनु भएको छ । उहाँसंग गाउँमा एक पटक भेट् भएको थियो । सुमित्रा प्रवृति, राम्रो कविता कोर्थिन् । उहाँसंग पहिलो छुट्टमिा धेरै पटक भेट भयो । उहाँको विवाह गायक भिषण मुकारुङ्गसंग भएको छ । धरानमा उहाँ स्कुटरमा चढेर नारीको पहिचान खोज्दै हिड्थिन् पछिल्लो समय तिर । कवयत्री रोशना गुरुङ्ग । उनि हाँसपोसा तरहराबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । धरान छाडे पछि उहाँसंग भेट भएको छैन । राज कुमार दिक्पाल दाज्युले भन्दै हुनुहुन्थ्यो भाट्भटीनीमा जागीरे छिन् । मान्छेले जीवनमा धेरै गन्तब्य बिहिन बाटाहरु कुल्चनु पर्दो रहेछ । ति बाटाहरु धेरै पछि सम्झानाका छायाँहरु बनेर दिमागलाई घच्घच्याउँदो रहेछ । धरानको अग्रज साहित्यकार दाज्यु मान बहादुर शाक्यलाई धेरै सम्झेको छु । छाता चोकमा चिया पिउदै फेशनवाल धराने युवतीहरुलाई हेरेर कविता कोर्थे । उहाँको दातहरु झरिसकेको थिायो त्यो बेलामा नै । ल्याम्थो स्वारमा कविता वाचन् गर्नु हुन्थो । तर अहिले सम्झाना मात्र बाच्न विवश भएको छ किन भने उहाँ यो धर्तीमा हुनुहुन्न । उहाँलाई सम्झानको श्रदान्जली । यसरी नै दाज्यु गोविन्द विकललाई पनि धेरै नै सम्झेको छु । उहाँले लेख्नु भएको गीत म सानो छदा चाड्बाड्को बेला गाउँघरमा धेरैले नाच्थे । तर त्यो बेला के थाहा को गोविन्द विकल भनेर - संघर्ष हो जीवन जीवन संघर्ष हो जीवन देखी थाकेर मर्छु नभन हार भयो भनेर दुःख नमान संघर्ष हो जीवन जीवन संघर्ष हो संघर्ष संघर्षमै उहाँले वाचुन्जेल जीवन विताउनु भयो । उहाँलाई सम्झिन्दा कवि देवान किराती जीलाई भुलीयो भने ठुलो गल्ति हुन जान्छ । जीवनमा धेरै दुःखका रेखाहरु देवानजीसंग कोर्नु भएको थियो । त्यो रेखा अब देवानजीसंग मात्र बाकीरहेको छ । उहाँलाई पनि सम्झानको श्रदान्जली । उहाँले हाम्रो संयुत्त कविता संग्रह आशुको दोभानमा भुमिका लेखि दिनु भएको छ । सम्झाना जति सम्झियो उती नै आलो हुँदो रहेछ । कहिल्यै नसुक्दो रहेछ सम्झाना । झन सम्झियो झन बल्झिने । जीवन एउटा सम्झनको पाटो पनि रहेछ । द्रष्टब्य (१) - दिदी
Updated by Bhumiraj on 25 July 10 at 12:35:06 Back