नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

"जीवन सम्झनाको एउटा पाटो रहेछ" (क्रमश भाग) - काङमाङ नरेश

जगत जीसंग त्यस पछि २०५६ सालमा लाहुर बन्ने रहर बोकेर पोखराको व्रिटिश क्याम्पमा जादा त्यहाँ भेट भयो । हाम्रो भेट भान्साघर र नाफीमा फल फुल किन्न जाँदा हुन्थ्यो । त्यो साल उहाँ भर्ति लाग्न सक्नु भएन । फेल भएर घर फर्किनु भयो । म भने लाहुर लाग्न सफल भए । उहाँ अर्को बर्ष लाहुर लागेर आउनु भयो । म नेपाल कप फुटबल खेल्न क्याट्रिक जादाँ उहाँ त्यहि तालीम गरिरहनु भएको थियो । उहाँसंग छोटो कुराकानी मात्र भयो । उहाँसंग धेरै गफ गर्नेर् इच्छा हुदाँहुदै पनि हामी गफ गर्न पाएनौ । आर्मी त्यो पनि तालीमको समय उहाँलाई फुर्सद थिएन । एकै छिन्को भेट पनि लामो जस्तो लाग्यो । उहाँ तालीम सकेर गोर्खा सिग्नल जानु भयो । म २ आर.जी.आरमा कार्यरत । त्यस पछिका दिनहरुमा वेलायतमा भएको साहित्यिक कार्यक्रमहरुमा बाक्लै भेटघाट् भईरहेको छ ।

हाम्रो भेट फोनमा भैइरहन्छ । उहाँमा साह्रै राम्रो वाक शक्ति छ तर उमेर भन्दा तालुले उहाँलाई बुढो बनाई सकेको जस्तो मलाई अहिले आएर लाग्न थालेको छ ।

गायक मिलन राई । उहाँसंग धरान छाडे पछि भेट्घाट् भएको छैन । कहाँ हुनुहुन्छ थाहाँ पनि छैन । गायक किशोर थुलुङ्गसंग बेला बेलामा भेट् हुन्छ ।

गायक राज क्मार समाल जी कलास्मेट साथि । धरान छाडे पछि काठमाण्डौमा भौतारिएर फिरन्ते भएर हिड्दा भेट भएको थियो । ललीत्कला क्याम्पसमा पढ्दैछु भन्नु हुन्थो । त्यस पछि हाम्रो भेट भएको छैन ।

किसन चन्द्र राईसंग धरान छाडे पछि भेट भएको छैन । कबयत्री वीमला तुम्खेवाजी लामो कपाल सेतो साडी र चोली ओडेर पथ्रीबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । उहाँको कविता संग्रह नदी छाल र तरंग पढेको छु । विमला सालीन् ,अहिले गाउँमा छिन् । अहिलेको समयमा कविता लेख्न छाड्नु भएको भान भईरहेको छ मलाई । उहाँ कवि भरुपलसंग विवाह बन्धनमा बाधिनु भएको छ । उहाँसंग गाउँमा एक पटक भेट् भएको थियो । सुमित्रा प्रवृति, राम्रो कविता कोर्थिन् । उहाँसंग पहिलो छुट्टमिा धेरै पटक भेट भयो । उहाँको विवाह गायक भिषण मुकारुङ्गसंग भएको छ । धरानमा उहाँ स्कुटरमा चढेर नारीको पहिचान खोज्दै हिड्थिन् पछिल्लो समय तिर । कवयत्री रोशना गुरुङ्ग । उनि हाँसपोसा तरहराबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । धरान छाडे पछि उहाँसंग भेट भएको छैन । राज कुमार दिक्पाल दाज्युले भन्दै हुनुहुन्थ्यो भाट्भटीनीमा जागीरे छिन् ।

मान्छेले जीवनमा धेरै गन्तब्य बिहिन बाटाहरु कुल्चनु पर्दो रहेछ । ति बाटाहरु धेरै पछि सम्झानाका छायाँहरु बनेर दिमागलाई घच्घच्याउँदो रहेछ । धरानको अग्रज साहित्यकार दाज्यु मान बहादुर शाक्यलाई धेरै सम्झेको छु । छाता चोकमा चिया पिउदै फेशनवाल धराने युवतीहरुलाई हेरेर कविता कोर्थे । उहाँको दातहरु झरिसकेको थिायो त्यो बेलामा नै । ल्याम्थो स्वारमा कविता वाचन् गर्नु हुन्थो । तर अहिले सम्झाना मात्र बाच्न विवश भएको छ किन भने उहाँ यो धर्तीमा हुनुहुन्न । उहाँलाई सम्झानको श्रदान्जली ।

यसरी नै दाज्यु गोविन्द विकललाई पनि धेरै नै सम्झेको छु । उहाँले लेख्नु भएको गीत म सानो छदा चाड्बाड्को बेला गाउँघरमा धेरैले नाच्थे । तर त्यो बेला के थाहा को गोविन्द विकल भनेर -

संघर्ष हो जीवन
जीवन संघर्ष हो
जीवन देखी थाकेर मर्छु नभन
हार भयो भनेर दुःख नमान
संघर्ष हो जीवन
जीवन संघर्ष हो

संघर्ष संघर्षमै उहाँले वाचुन्जेल जीवन विताउनु भयो । उहाँलाई सम्झिन्दा कवि देवान किराती जीलाई भुलीयो भने ठुलो गल्ति हुन जान्छ । जीवनमा धेरै दुःखका रेखाहरु देवानजीसंग कोर्नु भएको थियो । त्यो रेखा अब देवानजीसंग मात्र बाकीरहेको छ । उहाँलाई पनि सम्झानको श्रदान्जली । उहाँले हाम्रो संयुत्त कविता संग्रह आशुको दोभानमा भुमिका लेखि दिनु भएको छ । सम्झाना जति सम्झियो उती नै आलो हुँदो रहेछ । कहिल्यै नसुक्दो रहेछ सम्झाना । झन सम्झियो झन बल्झिने । जीवन एउटा सम्झनको पाटो पनि रहेछ ।

 द्रष्टब्य
 (१) - दिदी

Updated by Bhumiraj on 25 July 10 at 12:35:06 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]