नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

प्रतिष्पर्धामा बेलायतका नेपाली सुन्दरी

नेपाल मात्र होइन,प्रवासमा समेत नेपाली सुन्दरी छान्ने होड चलिरहेका बेला बेलायत पनि यसबाट अछुतो रहेन आयोजकहरु आगामी २३ अक्टोबर साँझ पहिलोपटक 'मिस यूके नेपाल-०१०' गर्न जुटेका छन्

अहिले विभिन्न आवेदनमध्येबाट राम्रा सुन्दरी छान्ने काम भइरहेको छ । गत ४ जुलाईमा भएको पहिलो अडिशनबाट १६ देखि २१ वर्षका दश सुन्दरी छानिएका छन् भने आगामी अगष्ट १ मा समेत दोश्रो अडिशन हुँदैछ । तर, फाइनलमा १२ सुन्दरीहरु मात्र उतार्ने सोच आयोजकको छ ।

बेलायतमा नेपाली जनसंख्या एकलाख हाराहारी पुगेको तथ्यांक सार्वजनिक हुँदा ति मध्येबाट थोरै सुन्दरी छान्न कस्सिएका हुन् शान्ति गुरुङ र सबि्रना श्रेष्ठ । 'पहिलोपटक कार्यक्रम भएकाले अन्य संघसंस्थाले आँटेनन्, त्यसैले हामी आफैं गर्दैछौं'-आयोजक मध्ये एक शान्ति गुरुङ भन्छिन् । उता, परिचय राउण्डमा कल्चरल ड्रेस लगाउनै पर्ने नियमले देशको कला-संस्कृति समेत झल्कने सबि्रना श्रेष्ठ बताउँछिन् । सबि्रना आफैं 'मिस ट्यालेन्ट हन्ट हङकङ-००६' की फष्ट रनरअप हुन् ।

प्रतियोगितामा मिस फोटोजेनिक, मिस पर्सनालिटी, वेष्ट फिगर, बेष्ट ड्रेस्, मिस क्याटवाक र मिस चार्मिङ गरि ६ विद्यामा अवार्ड दिइने कार्यक्रम छ ।

'मिस यूके नेपाल' हुनेले ८ सय पाउण्ड -करिव लाख नेपाली रुपैंया), फष्ट रनरअपले ५ सय पाउण्ड र सेकेन्ड रनरअपले ३ सय पाउण्ड नगद सहित क्राउन र प्रमाणपत्र पाउने छन् ।

यसबाट युवतीहरुभित्र लुकेको प्रतिभा उजागर हुने र 'पर्यटन वर्ष-०११' लाई समेत टेवा पुग्ने विश्वास शान्तिको छ । 'कार्यक्रममा गोरा अतिथी, दर्शक सामेल हुँदा 'पर्यटन वर्ष-०११' को सन्देश पनि दिन सकिन्छ'-शान्ति भन्छिन् ।

कोरियोग्राफरको जिम्मा 'मिस हङकङ २०००' विजेता ममिता गुरुङलाई दिइएको छ भने कार्यक्रम संयोजन गर्ने अभिभारा लक्ष्मी थापा राईको काँधमा छ । राई हङकङ छँदा 'मिस ट्यालेन्ट हङकङ' को आयोजक हुन् ।

Updated by Shanta on 26 July 10 at 06:57:07 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]