नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

कमजोर आत्मविश्वासी अना

अना इभानोभिकका समर्थक तथा शुभचिन्तक अहिले पनि कालो केसकी स्टार टेनिस खेलाडी फेरि एकपटक कोर्टमा पुरानो शैली र र्फममा फर्कून् भन्ने चाहन्छन् । खेल जीवनको पूर्वार्द्धमा २२ वषर्ीया अनाले आकर्षक खेलसहित केही सम्झनलायक सफलता पनि हात पारेकी थिइन् । महिला टेनिसमा २००७ र २००८ को वर्षमा ती दायाँहाते खेलाडीले आफूलाई विश्वमा सफल खेलाडी बनाइसकेकी थिइन् ।

एक मिटर ८३ सेन्टिमिटर अग्ली सर्बियाली खेलाडीले २००३ मा मात्रै व्यावसायिक टेनिस खेल्ने योजना बनाएकी थिइन् । आक्रामक खेल तथा शक्तिशाली सर्भिसका कारण थोरै समयमा उनले आफूलाई कोर्टमा स्थापित पनि गराइन् ।

२००८ मा प|mेन्च ओपनसँगै जीवनमा पहिलो ग्रान्डस्लाम जितेपछि उनी विश्व नम्बर एक महिला टेनिस खेलाडीसमेत बनेकी थिइन् । तर, सफलताको दबाबलाई सहन नसक्दा उनी बिस्तारै कमजोर बन्न थालिन् तथा हरेक दिन उनको बरियताक्रम झर्दै पनि गयो ।

त्यो क्ले कोर्ट उपाधिपछि उनले कुनै पनि महत्त्वपूर्ण सफलता हात पार्न सकिनन् भने अनेकौँ महत्त्वपूर्ण खेल पनि गुमाउँदै गइन् । निरन्तर हारले उनको आत्मविश्वास नै कमजोर त बनायो नै साथै अनेकौँ प्रयास गर्दा पनि आफूलाई बरियताक्रममा माथि उकास्न पनि उनी असफल बनिन् । निरन्तर हारले उनको शक्ति र क्षमताभन्दा पनि सशक्त सर्भिसमा आएको कमजोरीको बढी चर्चा चल्न थाल्यो ।

यस सिजनको सुरुवातमा भने अनाको खेलमा केही सुधार देखिएको थियो । बि्रसबेनमा सेमिफाइनलसम्म पुगेर आफूमा अझै क्षमता रहेको पनि उनले प्रष्ट पारिन् । अस्ट्रेलियन ओपनमा पनि उनले २० बरियतामा रहेर खेल्ने मौका पाइन् । तर, सो प्रतियोगितामा जिसेला डुल्कोसँग हारेपछि फेरि उनको सर्भिसलाई हारको कारक मानियो । पेरिवास ओपनको पहिलो खेलमा हारेपछि उनले यो सिजनमा लगातार चौथो हार बेहोरेकी थिइन् । साथै त्यसले गर्दा पूर्वनम्बर एक सर्बियाली खेलाडी २००५ यता पहिलोपटक विश्व बरियताक्रममा ५० नम्बरभन्दा तल झरिन् ।

यद्यपि, इभानोभिकको राम्रो पक्ष भनेको उनी कहिल्यै पनि हार मान्दिनन् तथा त्यसैले गर्दा उनी रोममा सेमिफाइनलसम्म पुगिन् पनि । सो प्रतियोगितामा इलिना डेमेन्टिभा, भिक्टोरिया एजारेन्का तथा नादिया पेट्रोभाजस्ता खेलाडीलाई हराउनु उनका लागि ठूलै सफलता रह्यो । सो प्रतियोगिताकी विजेता मारिया जोस मार्टिनेज सान्चेजसँग हार्दा पनि उनको सर्भिस र आत्मविश्वासमा प्रगति भएको पाइयो ।

समस्यामा परेका टेनिसका खेलाडीलाई सही मार्गमा ल्याउने कार्यमा ख्याति कमाएका हेन्ज गुन्टहार्ट अहिले अनाका प्रशिक्षक छन् । साथै, आफ्नो सुधारिएको खेलका लागि उनी प्रशिक्षकलाई धन्यवाद दिन्छिन् ।

रोमपछि उनी फेरि कुनै पनि प्रतियोगिताको अघिल्लो चरणमा पुग्न सकेकी छैनन् । यद्यपि, उनी गुमेकी साख प्राप्तिका लागि कडा अभ्यासमा तल्लीन छिन् । उनले पछिल्लोपटक बैंक अफ वेस्ट क्लासिकको पहिलो खेलमा रुसी खेलाडी एलिसा क्लेबानोभालाई हराइसकेकी छिन् । सो जितमा उनलाई सर्भिसले नै साथ दिएको थियो ।

संसारभर आयोजना हुने सबै ठूला प्रतियोगितामा आफूअनुकूल सहभागिता जनाउनका लागि इभानोभिकले विश्व बरियताक्रममा उत्कृष्ट २० खेलाडीभित्र आफूलाई समावेश गर्नुपर्ने हुन्छ । मिहिनेत गर्ने हो भने उनका लागि त्यो उचाइको यात्रा त्यति कठिन पनि हुने छैन । तर आफ्नो पहिलो हतियारका रूपमा रहेको शक्तिशाली सर्भिसमा भने उनको पकड रहनुपर्नेछ ।

Updated by Shanta on 30 July 10 at 06:55:23 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]