नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -
    ८ करोडको चलचित्र 'गौतम बुद्ध'      बेलायतमा नेपाली छात्रा जिसिएसई (GCSC) उत्कृष्ट      चोक गुरुङको गीति एल्बम ‘प्रकट’माथि अन्तरक्रिया सम्पन्न      बीरता सम्मान तथा सम्झना अभियान घोषणा गर्दै ऐतिहाँसिक गीतको प्रिमियर सम्पन्न      अमिताभ र श्रीदेवी पुनः एकसाथ      तुलसीको छोरी पनि निर्देशक बन्ने      सिड्नीमा आजबाट नेपाल फेस्टिबल      'दासढुंगाको प्रयास उत्कृष्ट'      दासढुंगा हेर्न नेताको लस्कर      माओवादी जस्तोसुकै त्याग गर्न तयारः दाहाल  

शोभराजको मुद्दाको फैसला आज

पाँच वर्षदेखि सर्वोच्च अदालतमा बहस भइरहेको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दाको अन्तिम फैसला सर्वोच्च अदालतले आज गर्दैछ। यसअघि असार ३० गते नै फैसला सुनाउने भनिए पनि मुद्दामा थप अध्ययन जरुरी रहेको भन्दै फैसला सुनाउने दिन आजलाई सारिएको हो।

न्यायधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासको इजलास नम्बर ५ मा आज शोभराज कै दुई मुद्दा (कर्तव्य ज्यान र जाली राहदानी) को मात्र पेशी रहेको छ।

मुद्दामा शोभराजका तर्फबाट शकुन्तला थापा, राजाराम ढकाल, रामबन्धु शर्मा, लक्ष्मीबहादुर निराला, लोकभक्त राणा, लक्ष्मी शर्मा, इजावेल काउटेन्ट पेयर, बद्री बहादुर कार्की र बसन्तराम भण्डारीले बहस गरेका थिए। सरकारका तर्फबाट डा. रंजितभक्त प्रधानाङ्ग, रमेश प्रसाद कोइराला र विश्वलाल श्रेष्ठले बहस गरेका थिए।

अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजलाई मारेको अभियोगमा २०३२ सालमा दायर भएको मुद्दामाथि २८ वर्षपछि काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलालाई पुनरावेदन अदालत पाटनले समेत सदर गरेपछि सो निर्णयविरुद्ध शोभराजले २०६२ कात्तिक २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले पुनरावेदनको फैसला कायम राख्‍ने वा उल्ट्याउने फैसला दिनुपर्ने थियो।

जाली राहदानी प्रयोगको अभियोग पनि खेपिरहेका शोभराजलाई सो मुद्दामा भने पाटन अदालतले सफाइ दिएको थियो। पाटनको उक्त निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेपछि पुनः पुनरावदेन अदालत पाटनमा फर्काइएको थियो।

करिब १ वर्षअघि पाटनले सो मुद्दामा पनि शोभराजलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो। पुनरावेदनको फैसलाविरुद्ध फेरि शोभराजले ०६६ साउन ८ गते सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। कर्तव्य ज्यान (हत्या) र जाली राहदानी दुवै मुद्दाको फैसला सर्वोच्चले एकै पटक आज सुनाउँदैछ।

चार्ल्स शोभराजविरुद्ध अर्को कर्तव्य ज्यान (हत्या) सम्बन्धी मुद्दा भक्तपुर जिल्ला अदालतमा विचाराधीन छ। भक्तपुरको साँगामा क्यानाडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्याको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। शोभराजलाई यो अभियोग लगाउने कि नलगाउने भन्ने बारे सरकारी अधिकारीहरुको प्रष्ट धारणा आइसकेको छैन। नागरिक

Updated by Shanta on 30 July 10 at 07:15:23 Back


   
© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]